• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्थानियको हित विपरित पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्न दिदैनौंः उम्मेदवार जीवन÷प्रकाश

"उम्मेदवार प्रकाशले विकासको नाममा स्थानियको इच्छा विपरित कुनै पनि निर्णय गर्न नदिने दाबी गरे । "

  •    संवाददाता अभियान हाम्रो / शुक्रबार, मङि्सर ०२, २०७९  

  • पोखरा १ मंसिर

    पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्ने बिषयमा स्थानियको हित विपरित कुनै निर्णय हुन नदिने बताए । चुनाव प्रचार प्रसारको अन्तिम दिन विहिबार पोखरा २२ को चिसापनीमा आयोजित कोण सभामा वोल्दै उम्मेदवार जीवन र प्रकाशले यस्ता निर्णय गर्दा स्थानियको इच्छा र हित विपरित कुनै पनि निर्णय गर्न नदिने बताएका हुन् ।

    उम्मेदवार जीवनले भने “म तपाईहरुलाई के कुरा प्रष्ट पार्छु भने पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्ने बिषयमा प्रारम्भिक चरणमा छलफल मात्र भएको छ, सामान्य छलफल भएकै कारणमा हामीलाई अनावश्यक जोडेर भड्काउन खोजिएको छ, जनताका बिचमा भ्रम छर्ने प्रयास गरिएको छ ।”

    पोखरा २२ मा ल्याण्डफिल्ड राख्ने बिषयमा आफुहरुको कहि कतै संलग्नता नभएको र यस्ता बिषयको निर्णय गर्दा स्थानियको इच्छा विपरित आफुहरुले गर्न नदिने उनले दाबी गरे । उम्मेदवार जीवनले भने “रामजी बरालको पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्ने बिषयमा कहि कतै संलग्नता छैन, स्थानीयको परामर्श गरेर मात्रै हामीले त्यसलाई अघि बढाउने छौं, सामाजिक संजालमा छरिएको कु प्रचारको भ्रममा नपर्न स्थानियलाई आग्रह गर्दछु ।”

    पोखरा २२ को रणनितिक महत्व रहेको छोरेपाटन, चिसापानी हुदै कुभिण्डे जोड्ने सडक आगामी २ बर्षमा पिच गर्न बिषेश पहल गर्ने उम्मेदवार बरालले बताए । सिद्धार्थ राजमार्गको बैकल्पिक सडकको रुपमा समेत रहेको उक्त सडक आफ्नो पहलमा केही समयमै टेण्डर भई ढिलोमा २ बर्ष भित्र पिच हुने गरी निर्माण प्रकृया अघि बढाएको उनले जनाए ।

    पुम्दी भुम्दीमा धेरै सम्भावना भएकोले उक्त सम्भावनालाई सहाकार रुप दिन जित आवश्यक भएको उनको भनाई थियो । कहि कतै तरङगित र भ्रमित नभई मेहनतका साथ गठबन्धनका उम्मेदवाहरुको अत्याधिक बहुमतले बिजयी गराउने अभियानमा जुट्न नेता तथा कार्यकर्तालाई उम्मेदवार बरालले आग्रह गरे ।

    उम्मेदवार प्रकाशले विकासको नाममा स्थानियको इच्छा विपरित कुनै पनि निर्णय गर्न नदिने दाबी गरे । गठबन्धनका उम्मेदवारको बहुमतले विजयी हुदाँ विकास र समृद्धि हुने उनले दाबी गरे ।

    पोखरा २२, गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक होमप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी केन्द्रका नेता नवराज बराल, एकिकृत समाजबादीका नेता जगन्नाथ बास्तोला, प्रगतीशिल टोल विकास संस्थाका अध्यक्ष नरबहादुर खड्का लगायतले वोलेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.