पाल्पा भाद्र ५
तानसेन नगरपालिकाका पूर्वमेयर अशोककुमार शाही र पूर्वउपमेयर लक्ष्मीदेवी पाठक लगायतले आइतबार संयुक्त विज्ञप्ति निकाल्दै एमालेमा व्यक्तिवाद, नातावाद र कृपावादलाई प्रश्रय दिने काम भएकाले पार्टी छाडेको उल्लेख गरेका छन् ।
नेताहरू भीमबहादुर कुमाल, रामप्रसाद घिमिरे, शिव थापा, बिनिता लुइँटेल, सुजेन्द्र कार्की, बुद्दे सार्की, कृष्णबहादुर केसी, लक्ष्मण कार्की, मधु कार्की, बिनोद लुइँटेल, कृष्णकुमारी केसी, माधवप्रसाद पाठक, केशवप्रसाद घिमिरे, कृष्णप्रसाद पाठक र उमेश घिमिरे छन् ।
नागरिकले विश्वास गरेकै कारण २ तिहाइ जनमत प्राप्त उपलब्धिलाई जोगाउन नसक्नु, २/२ पटक संसद विघटन गर्नु र सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी संसद पुनः स्थापना गर्दा पनि पार्टीभित्र समीक्षा गर्न तयार नभएको विज्ञप्तिमा उल्लेख छ ।