भरतपुर चितवन
अभियान खबर।
पाँचदलीय गठबन्धनको सम्पर्क कार्यालय तथा घरदैलो कार्यक्रमको शुभारम्भ गर्दै उनले आफ्नो पाँच वर्षको कार्यकालमा निकै मिहिनेतका साथ महानगरको बलियो फाउन्डेसन बनाएको बताएकी हुन् ।
उनले भनिन्, ‘हामीले पाँच वर्षमा महानगरपालिकामा विकासको टेलर देखायौँ, अब विजय भएपछि फिल्म देखाउनेछौँ ।’ उनले भरतपुरलाई दक्षिण एसियाली मापदण्डको सहर बनाउने प्रतिबद्धतासमेत गरिकी छिन् । मुलुकमा खासखास समस्या आउँदा समस्याको समाधान गर्न नेपाली कांग्रेससहितको अहिलेको पाँच दल गठबन्धनमा आएको भन्दै प्राप्त उपलब्धिको रक्षाका लागि पुनः सबै एक ठाउँ आउनुपरेको उनले बताइन् ।
गठबन्धनका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले भरतपुरमा धेरै कामको शुभारम्भ भएको र त्यसको पूर्णताका लागि गठबन्धनको जित आवश्यक रहेको बताए ।