नेपाली बजारमा बुधबार सुनको भाउ फेरि एक लाख रुपैयाँ नजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन १ लाख ९०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९९ लाख ५०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेर १ हजार ३७५ रुपैयाँ पुगेको छ। हिजो तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ १.२ प्रतिशतले बढेको छ। हाल अन्तर्राष्ट्रिय बजार प्रतिऔँ सुनको भाउ १ हजार ९०९.८९ डलर पुगेको छ।







