• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जनताले ६४ को माओबादी खोजिरहेको छन,अवसरबादी एजेन्ट होइन- प्रशान्त भण्डारी


  •    अभियान हाम्रो डट कम / बिहिबार, साउन ०९, २०८२  

  • यतिबेला नेकपा माओबादी केन्द्र सान्तिपुर्ण अवतरणमा संविधानसभा हुँदै संसदीय प्रणालीमा होमिएको २० बर्सको अघि पछिको हाराहारीमा छ।यो बिचमा उसले चाहेजती देस र जनतालाइ बिकास र निकास दिन सकेन। यसका पछि विभिन्न आरोह अवरोह र कारण पक्कै पनि छन। बस्तुतह भौतिक बिज्ञान ले के स्वीकार गर्दछ भने हरेक परिघटना का अघिपछी गुण र दोस वा अन्य विभिन्न पक्षहरूले प्रत्यक्ष अप्रत्यक्ष भुमिका खेलेको हुन्छ। ती मध्ये केही मुख्य कारण हरुको चर्चा गर्नैपर्छ आउनुहोस् बुदागत हेरौं।
    पहिलो कारण।
    १, जनताको आफ्नो सेना नभएको जनता सग आफ्नो भन्ने केही हुन्न। क माओ।
    हो निस्चयपनी सेना पार्टी को होस या रास्ट्रको ।सेना भनेको मेरुदण्ड हो। हिजो नेकपा माओवादीले जनमुक्ति सेनाको उचित ब्यवस्थापन गर्न चुकेकै कारण आज सिङ्गो पार्टी र नेतृत्व माथी बारम्बार प्रहार हुँदै आएको छ।यसमा प्रत्यक्ष रुपमा प्रतिक्रियावादी हरु छन भने अप्रत्यक्ष रुपमा पार्टी भित्रकै एउटा अवसरबादी तप्का देखिने गर्दछ।

    अहिले सबै कम्युनिस्ट हरुको सोच परिवर्तन भएको देखिन्छ। हिजो हामिले संघर्षबाट ल्याएको गणतन्त्र आज अकुत धन,सम्मान,प्रतिस्ठा हामिले नै पाउनु पर्छ। जब जब क्रान्तिकारीहरुमा यो अवसरबादी बिचलन पैदाहुदै गयो।उनिहरु निजीकरण को बन्देजमा फस्दै गएको देखिन्छ।हो यहि बाट अवसरबादले हाम्रो क्रान्तिकारी सोच,व्यवहार र जिबनशैलिमा डेरा जमाउदै लग्यो। अवसरबादकै कारण आज कसैकसैलाइ नेतृत्व हत्याउने , त्यो प्रतिस्ठा,सम्मान माथी निजीकरण को भोक लाग्न थालेको देखिन्छ।
    २,क्रान्तिकारी र अवसरबाद,निजीकरण ,प्रतिक्रियाबादी बिचको लडाइँ।
    क्रान्तिकारी हरु क्रान्ति र नेतृत्व प्रतिको अबिस्वास्निय बातावरणमा जब जब फस्दै जान्छन तब तब उनिहरुको चेतनामा चरम निराशा भरिदिने या गुटबन्दी को रुपमा अवसरबादले निजीकरणको सहायतामा पार्टी नै कब्जा गर्दै जान्छ। यसलाइ हामिले समयमै बुझ्न सकेनौ भने सिङ्गो पार्टी विघटन सम्मको अवस्थामा पुग्न सक्छ।
    जब जब क्रान्तिकारी हरु निरन्तर संघर्षबाट थाक्छन या थकाउने प्रयास प्रतिक्रियावादी हरुले गरिरहेका हुन्छन त्यतिबेला उनिहरुमा आफ्नै पार्टी भित्र चरम गुटबन्दी र अवसरबादको प्रहार भोगिरहेका हुन्छ्न।यसमा प्रत्यक्ष रुपमा कार्यकर्ता नै रनभुल्ल परेर नेतृत्व माथी प्रस्न गर्नु स्वभावतः हुने गर्दछ।तर अप्रत्यक्ष रुपमा प्रतिक्रियावादी हरु यतिमा सिमित हुदैनन। उनिहरुले हाम्रो बिचलन, निजीकरण प्रतिको मोह र हामिमा हुर्कदै गरेको अवसरबादको भ्रुण राम्रै सग हुर्काएर पार्टी तहसनहस पार्ने योजनामा केही कसुर छोडेका हुन्नन। जसलाइ हामिले पहिचान गर्न आवस्यक छ।
    तेस्रो कारण।
    ३, पुजिबाद र समाजबाद बिचको संघर्ष।
    हिजो यहि क्रान्तिकारी पनले बिजयका झण्डा गाड्दै समाजबादको निर्माणका निमित्त आधार इलाका तयार गरेको थियो होइन र ? अनि आज गुटबन्दी कै कारण एक क्रान्तिकारी मरिरहदा अर्को क्रान्तिकारी थपडी बजाइरहने अवस्था कसरी शृजना हुदैछ ? यसका पछिल्ला कारणहरुमा तपाईं हाम्रो बिचलन अबिस्वास र निजीकरण प्रतिको मोह नै होइन। यस्ता प्रवृत्ति हरुका पछि मलजल गर्ने पुजिबाद नै होइनर ? हिजोको त्यो कठिन संघर्ष ,जनताको साथ, बिस्वास र भरोसा अनि लक्ष्य प्रतिको दृढ़ बिस्वास के त्यही नेतृत्व बाट सम्भव भएको होइन र ?आज त्यो क्रान्तिकारी पन के त्यही पुजिबादको कैद भित्र छट्पटी रहेको हामी किन देख्दैनौ ???

    ४,टुट फुट र बिभाजन (आन्तरिक कारण)
    हामी हाम्रो टाउकोमा आफै आगो झोस्न सक्ने माओबादका क्रान्तिकारी सिपाहीहरु आज किन अरुको टाउकोमा आगो झोसिरहेका छौं ??? के यसका कारणहरुको समिक्षा हामिले खोज्नु पर्दैन ?? के हामी पुर्णरुपले अब पुजिबादको कब्जामा परेकै हौ त ? अवसबाद र निजीकरणको भुमरिमा क्रान्तिकारी आत्मादाहा गरेकै हौ त ??? अवसरबाद र पुजिबादको एजेन्ड बनेकै हौ त ? के हामी सबैलाइ हिजोको त्यो उचाइ,बलिदान र उपलब्धि हासिल गर्न कमाण्ड गर्ने नेतृत्व माथी अबिस्वास पैदा भएकै हो त ? के अब हामी सबै प्रचण्ड नै बन्नु पर्ने त्यस्तो के कारण आइलाग्यो ??? हिजो प्रचण्ड छोडेर जाने हरु आज कहाँ छन ? एउटा सिङ्गो नेतृत्वमाथी आन्तरिक दुर्घटना ( पार्टी फुट) हुदा देस र हिजो क्रान्तिप्रती लामबद्द भएर साथ दिने जनता आज कहाँ छन ? सहिद परिवार,घाइते अपाङ्ग र बेपत्ता परिवारको स्थिति कस्तो छ ? यी सबै प्रस्न हरुको आसालाग्दो उत्तर छ तपाइहरुसग ??? टुटफुट ले पार्टी कति सिटमा आयो।प्रचण्ड वा नेतृत्व कमजोर हुदा यसले कसलाइ असर पुग्छ ? प्रचण्ड ब्याक्ति हो र ? प्रचण्ड कमजोर हुदा हाम्रा मुद्दाहरु के बलिया छन ? पार्टी 32 सिटमा जादा पनि राजनितीलाई पार्टी कै वरिपरि राख्न सक्ने त्यही नेतृत्व होइन ? त्यो खुबी किन नदेख्ने ?

    ५, अन्त्यमा ।
    अहिले पार्टी नेतृत्व ले जनताको घरमा पुर्व मेचीदेखि महाकाली सम्म जागरण अभियानमा अहोरात्र खटेर जनतामा एकखाले आसाको दियो बालेको बेलामा यदि कोहि कमरेड चैतको हुरि बनेर निभाउने प्रयास नगर्नुहोला। त्यो कुरा आम क्रान्तिकारी जनतालाई मान्य हुन सक्दैन। कुनै पनि मानेमा क प्रचण्ड र माओबादी केन्द्रले थालनी गरेको भस्ट्रचार विरुद्धको क्रान्तिमा र सुसासन को पक्षमा अवरोध सिर्जना नेपाली जनतालाइ स्वीकार हुन सक्दैन। अहिलेको समय मिसन ८४ र ६४ सालको माओवादी खोज्ने बेला हो ? अवसर खोज्ने बेला होइन। सम्पुर्ण नेतृत्वको गम्भीर ध्यानाकर्षण होस।
    लेखक पुर्व जनमुक्ति सेना कमान्डर-प्रशान्त भण्डारी ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.