न्यूक्यासलले घरेलु मैदानमा एभर्टनलाई ३–१ ले पराजित गरेको छ ।
एभर्टनले ३६औं मिनेटमा जमाल लासेलेसको आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएको थियो । लगत्तै ३७औं मिनेटमा मासन होल्गेटले आत्मघाती गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
५६औं मिनेटमा रायन फ्रासेरले गोल गर्दै न्यूक्यासललाई खेलमा २–१ ले अघि बढाए । ८०औं मिनेटमा काइरन ट्रिपिएरले फ्रिकिकमा सिधै गोल गर्दै न्यूक्यासलको जित पक्का गरे । ट्रिपिएरले न्यूक्यासलको लागि पहिलो गोल गर्न सफल भएका हुन । फ्रान्क लाम्पार्डको प्रशिक्षणमा एभर्टनले दोस्रो खेल खेल्दा पहिलो हार बेहोरेको छ । जितसँगै न्यूक्यासल २२ खेलबाट १८ अंक जोडेर १७औं स्थानमा रहेको छ । पराजित एभर्टन २१ खेलबाट १९ अंक जोडेर १६औं स्थानमा रहेको छ ।







