जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ पहिलो दिन झन्डै १५ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।
कम्पनीले हिजो माघ २१ गतेबाट ५ करोड २२ लाख रुपैयाँको आईपीओमा आवेदन खुला गरेको हो। कम्पनीले १०० अंकित दरका कुल ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरेको छ। जसमध्ये जारीपुँजीको ०.५ प्रतिशतले हुन आउने ८ हजार कित्ता कर्मचारीका लागि र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशतले हुन आउने २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
पहिलो दिन नै यो आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण यसको बाँडफाँड गोलाप्रथाबाट हुने निश्चित भएको छ, जसअनुसार गोलाप्रथाबाट भाग्यमानी ४८ हजार ७९० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन।
आईपीओमा २५ माघसम्म आवेदन दिन पाइनेछ । आईपीओ निस्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।