सुदूरपश्चिममा कहीँ पनि वडा अधिवेशन भएको छैन,उनले भने,कर्णालीको पनि कतिपय ठाउँमा भएको छैन। कतिपय ठाउँमा पनि भएको छैन भन्ने सुनेको छु। तर सबै सूचना के हो, कसो हो प्राप्त भएको छैन।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भने ६ हजार ७४३ वडामध्ये ६ हजारभन्दा बढी वडामा अधिवेशन भएको बताए।
सुदूरपश्चिमका सबै वडामा अधिवेशन भएको छैन भन्नु गलत हो। बाढी प्रभावित कतिपय ठाउँमा वडा अधिवेशन भएको छैन,उनले भने,देशभरिको सूचना संकलन गरिरहेका छौं। ६ हजारभन्दा धेरै वडामा अधिवेशन भइसकेको छ।