• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समितिको संयोजकमा मर्सानी र सहसंयोजकमा क्षेत्री


  •    अभियान हाम्रो / मङ्गलबार, पुष २४, २०८०  

  • पोखरा

    गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समितिको संयोजकमा विद्या प्रसाद मर्सानी र सह–संयोजकमा खगेन्द्र क्षेत्री सर्वसम्मत चयन भएका छन् ।

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा मर्सानी र सहसंयोजमा क्षेत्री सहित ९ सदस्यि तदर्थ समिति निर्विरोध चयन गरेको हो । संयोजकमा चयन भएका मर्सानी बक्सिङका पूर्व मुख्य प्रशिक्षक समेत हुन् । उनी राखेप अन्तर्गत तत्कालिन पश्चिमाञ्चाल क्षेत्रिय खेलकुदमा प्रशिक्षण विभाग प्रमुख समेत रहेका थिए । सह–सयोजक क्षेत्री परिषदका सदस्य हुन् भने उनी विभिन्न खेलकुदमा योगदान दिएका जुझारु युवा हुन् ।

    समितिको सदस्यमा शनी केसी, मिन बहादुर भण्डारी, पहल सिंह थापा, पुजन शाक्य, ऋषीसरा थापा, सुविन गुरुङ र दल बहादुर राना निर्विरोध चयन भए ।

    यस अघि भेलालाई सम्वोधन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुदको विकासका लागि परिषदले विभिन्न योजनाहरु अघि सारेको जनाउँदै अनुशासनलाई प्राथमिकतामा राखेको बताए । उनले भने–“हामीले आचरण र व्यवहारलाई मुख्य रुपमा लिएका छौं । खेलकुदको अनुशासित मार्गदर्शन रहेर कार्य गर्न म सबैलाई आग्रह गर्छु ।” उनले परिषदले प्रशिक्षक, रेफ्रि, तथा खेलाडीहरुको आकस्मिक विमा गर्ने लगायतका कार्यहरु तत्कालै गर्न लागेको जानकारी गराउँदै बागमती प्रदेशस्तरीय प्रतियोगिताको समेत तयारीमा जुट्न उनले आग्रह गरे ।

    सो अवसरमा बक्सिङका अन्तर्राष्ट्रिय खेलाडी एवं पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले सर्वसम्मत रुपमा बक्सिङको समिती गठन हुन सबैका लागि उदाहरणिय कार्य रहेको जनाउँदै ११ वटै जिल्लामा बक्सिङ खेलको विकास गर्न र अन्तर जिल्ला प्रतिस्पर्धा आवश्यक रहने कुरामा जोड दिए ।

    नेपाल बक्सिङ संघका सदस्य राजेन्द्र पाहारीले नवगठित कार्यसमिति गण्डकी प्रदेशमा बक्सिङ खेलको विकासमा योजना सहित अघि बढ्नेमा आफू विश्वस्त रहेको जनाउँदै त्यसका लागि आफ्नो सहयोग रहिरहने बताए । प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार गठन भएको प्रदेश बक्सिङ संघलाई गति दिने गरी योजनाहरु निर्माण गर्ने प्रतिवद्धता नवगठित समितिका अध्यक्ष मर्सानीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.