जिरी नगरपालिका-८ स्थित राम बोलेको मेलामा २१ वर्षीय छिरिङ शेर्पा र २७ वर्षीय यनर्बु शेर्पालाई कुटपिट गरेको आरोपमा बैतेश्वर गाउँपालिका-१ का २३ वर्षीय जियाङ घिसिङ र सोही ठाउँका २७ वर्षीय सागर घिसिङलाई प्रहरीले ०८० मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।
पीडितहरूलाई आरोपितहरूले मादक पदार्थ सेवन गरी पुरानो घरायसी विवादलाई लिएर मङ्सिर ११ गते कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मेश यादेवले जानकारी दिनुभयो ।
पीडित पक्षले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ११ गते उजुरी दिएको इन्स्पेक्टर यादेवले बताउनु भयो ।घाइतेहरूको जिरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौँस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ ।







