एमालेमा नरहेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गर्ने पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी र लेखराज भट्ट एमाले स्थायी कमिटी बैठकमा उपस्थित भएका छन् । आइतबार ललितपुरको च्यासलमा जारी कमिटीको बैठकमा रायमाझी र भट्ट दुवै सहभागी बनेका छन् ।
साउन १३ गते सर्वाेच्चमा पुगेर आफूहरु नेकपा एमालेमा नरहेको भन्दै सांसद पद पुनरबहालीको माग गर्दै बयान दिएका उनीहरुको मुद्धा सुनुवाई भइरहेको छ ।