११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महाभारत गाउँपालिका-७, बेशीटोलका ३४ वर्षीया गणेशलाल जिम्मा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक १९ गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक १६ गते मादकपदार्थ सेवन गरेर पीडितको गोठमा लगि यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १९ गते धुलिखेल अस्पतालमा भयो ।
आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले इन्सेकलाई जानकारी दिनुभयो ।







