राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाने हुनुभएको छ । भूकम्पप्रभावित नागरिकको अवस्था बुझ्न उहा त्यस क्षेत्रमा जान लाग्नु भएको हो ।
राष्ट्रपति बिहान सवा १० बजे भूकम्पप्रभावित क्षेत्र जान लागेको उहाका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनु भयो । उहा युरोप भ्रमण स्थगित गरेर भूकम्पप्रभावित जान लाग्नु भएको हो । यही कात्तिक २२ देखि मंसिर १ गतेसम्म उहाको युरोप भ्रमण तय भएको थियो। मुलकुमा विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उहाले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नु भएको हो ।
जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते भएका छन्।







