दाङमा तरकारी बोकेको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
राजपुर हुलाकी सडक खण्डको भित्री सडकमा मंगलबार बेलुका लु ३ च ३८५३ नम्बरको तरकारी बोक्ने भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ का २४ वर्षीय श्रवणकुमार यादवलाई उपचारका लागि ८ बजे लमही अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको दाङका एसपी रामबहादुर केसीले जानकारी दिनु भयो ।
मोटरसाइकलको पछाडि बसेकी राजपुर -२ की २६ वर्षीया सविना यादव घाइते छिन्। ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।







