• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

"वीरगंज महानगरपालिका–१४ बहुअरीकी ३५ वर्षीया महिमा खातुनको हत्या घटनाका आरोपित ४७ वर्षीय पति इजहारुल अन्सारी कात्तिक १३ गते गिरफ्तार भएका छन् । "

  •     अभियान हाम्रो/ मङ्गलबार, कार्तिक १४, २०८०  

  • वीरगंज महानगरपालिका–१४ बहुअरीकी ३५ वर्षीया महिमा खातुनको हत्या घटनाका आरोपित ४७ वर्षीय पति इजहारुल अन्सारी कात्तिक १३ गते गिरफ्तार भएका छन् ।

    घरायसी विवादको क्रममा धारिलो हतियारले छाती तथा पेटमा प्रहार गरी कान्छि पत्नीको हत्या गरेको आरोपमा अन्सारीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिनु भयो । उहाँका अनुसार अन्सारीले आफ्नै कान्छी पत्नीलाई कात्तिक ४ गते राति ८ः३० बजेको समयमा घरायसी विवादका कारण कुटपिट गर्नुको साथै छुरा प्रहार गरी घाइते बनाएका थिए ।

    गम्भीर घाईते भएकी महिमाको उपचारको क्रममा कात्तिक ५ गते बिहान १०ः३० बजे वीरगंजस्थित वीरगंज हेल्थ केयर अस्पतालमा मृत्यु भएको थियो । मृतकको शवको पोष्टमार्टम कात्तिक ६ गते वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको थियो । घटना भएकै दिन हत्यामा संलग्न इजहारुलकी ३८ वर्षीया जेठी पत्नी नुरजहान खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, छुरा प्रहार गर्ने इजहारुल फरार भएका थिए ।

    पीडित पक्षले कात्तिक ५ गते मृतकका पति, ६५ वर्षीय ससुरा फजल करिम मियाँ, ६३ वर्षीया सासू सरिफन खातुन र सौता नुरजहान विरुद्ध ज्यान मार्ने सम्बन्धि उजरी दिएको थियो । घटनामा संलग्न मृतकका ससुरा र सासू  हालसम्म फरार नै रहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.