• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणलाई सास्ती


  •    संवाददाता/ सोमबार, असोज २९, २०८०  

  • मुस्ताङमा पछिल्लो डेढ महिना देखि शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन् । जिल्ला अस्पतालमा रहेका विशेषज्ञ चिकित्सको सरुवा भए पछि अर्को व्यवस्था हुन नसक्दा समस्या भएको हो । विगत आठ महिनादेखि कार्यरत रहनुभएका नवौं तहका एमडिजिपी चिकित्सक डा. मुखिया घलेको सरुवा भएसंगै मुस्ताङ अस्पतालमा शल्यक्रिया सेवा बन्द भएको हो । मनाङ अस्पतालबाट मुस्ताङ आउनुभएका डा. घलेको सरुवा भए सँगै मुस्ताङमा शल्यक्रिया गर्ने डाक्टरको अभाव भएको हो ।

    मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.तेजस नेपालले भन्नुभयो–‘चिसो मौसम अनि अहिले जिल्लाबाहिरका पर्यटकहरुको बढ्दो चापको समयमा विशेषज्ञ डाक्टर नहुँदा निकै समस्या भएको छ ।’ दुई वर्षीय दुर्गम सेवा प्रावधान अनुरुप मुस्ताङ अस्पतालको पहलमा डा घले मुस्ताङ अस्पतालमा आउनुभएको थियो । नेपाल सरकारको छात्रवृत्ति सुविधाबाट अध्ययन गर्नुभएका घले सरुवा भए पछि शल्यक्रियाका सबै सेवा बन्द भएको नेपालले बताउनुभयो ।

    २०३१ सालमा स्थापना भएको मुस्ताङ अस्पताल स्थापना भएको ४८ वर्षपछि शल्यक्रिया सञ्चालनमा ल्याइएको थियो । सुरुवाती १५ शैय्याबाट सुरु गरिएको मुस्ताङ अस्पताल संघीयता पछि प्रदेश सरकारको मातहतमा २५ शैय्या अस्पतालको रुपमा स्तरोन्नती भएको हो । मुस्ताङ अस्पतालमा सामान्य अप्रेसन तथा प्रसुती शल्यक्रियाका लागि प्रदेश सरकारले आवश्यक एकुमेन्ट र तालिमहरु संञ्चालन गरेको थियो । यद्यपी शल्यक्रिया संञ्चालनमा आएको दुई वर्ष नपुग्दै पटक÷पटक सेवा अवरुद्ध हुदै आइरहेको छ । मुस्ताङ अस्पतालमा उपकरणको व्यवस्था भएपनि चिकित्सक नहुँदा भिडियो एक्सरे सेवा पनि प्रदान गर्न असहज भएको छ ।

    चिकित्सक नहुँदा अप्रेसन सेवा रोकिएको छ, ल्याउनका लागि प्रयास भएको भए पनि ल्याउन नसकेको जानकारी आफूले पाएको जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतेलाल थकालीले बताउनुभयो । उहाँले भन्नुभयो–‘दुर्गम ठाउँमा दक्ष चिकित्सक नहुँदा बिरामीले धेरै खर्च गरेर उपचारका लागि अन्यत्र जानु पर्ने बाध्यता भएको छ ।’

    मुस्ताङ अस्पतालका डार्करुम अधिकृत भोजराज रेग्मीले जनशक्तिका कारण सेवा दिन कठिन भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘अस्पतालमा आउने बिरामीहरुलाई सेवा दिन मन त हुन्छ तर दक्ष तथा विशषज्ञ नै नहुँदा चाहेर पनि सेवा दिन सकिदैन, अनि बाहिर रिफर गर्नुको विकल्प हुँदैन ।’ भौगोलिक विकटताका कारण मुस्ताङमा दक्ष र अनुभव प्राप्त चिकित्सक बस्न नचाँहादा अस्पतालको शल्यक्रिया सेवा अवरुद्ध हुन पुगेको जोमसोमका व्यवसायी अमृत सुवेदीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.