• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

राष्ट्रिय दलित आयोगले छात्रवृत्ति दोब्बर बनाउन सरकारलाई सिफारिस

" राष्ट्रिय दलित आयोगले विद्यालय तहमा दिइने छात्रवृत्ति रकम दोब्बर बनाउन राष्ट्रपतिमार्फत् सरकारलाई सिफारिस "

  •     अभियान हाम्रो/ आइतबार, असोज १४, २०८०  

  • राष्ट्रिय दलित आयोगले विद्यालय तहमा दिइने छात्रवृत्ति रकम दोब्बर बनाउन राष्ट्रपतिमार्फत् सरकारलाई सिफारिस गरेको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष (आव) २०७९/०८० को वार्षिक प्रतिवेदन बुझाउँदै आयोगले संविधानको व्यवस्था बमोजिम दलित समुदायका छात्रछात्रालाई उच्च शिक्षासम्म तथा प्राविधिक र व्यावसायिक शिक्षामा समेत छात्रवृत्तिको व्यवस्था गर्न सिफारिस गरेको हो । कक्षा ११ र १२ मा पनि दलित समुदायका बालबालिकालाई निःशुल्क अध्ययन व्यवस्था गर्न आयोगको सिफारिस छ ।

    ‘सरकारले विद्यालय तहमा छात्रवृत्तिका नाममा ४०० रुपैयाँ दिइरहेको छ भने आयोगका अध्यक्ष देवराज विश्वकर्माले विद्यालय तहमा सरकारले दिँदै आएको छात्रवृत्तिले विद्यार्थीलाई वर्षदिन पुग्ने कापीकलमसमेत खरिद गर्न नपुग्ने अवस्था रहेको पाइएपछि रकम दोब्बर गर्न सरकारलाई सिफारिस गरिएको बताए छ ।

    प्रदेश र स्थानीय तहले समेत छात्रवृत्तिबारे अतिरिक्त निर्णय लिएर रकम थपघट गर्ने गरेका छन् । सरकारले करिब डेढ दशकदेखि विद्यालय तहमा दलित छात्रछात्रालाई छात्रवृत्ति दिँदै आएको छ ।

    आयोगले प्रतिवेदनमार्फत दलित समुदायको वास्तविक अवस्था चित्रण गर्न विस्तृत सर्वेक्षण गर्नुपर्नेसहित सरकारलाई ६२ वटा सिफारिस गरेको छ । आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक र रोजगारीका क्षेत्रमा सबैभन्दा पछाडि रहेको दलित समुदायको अवस्थाबारे तथ्यांकीय स्ट्याटस नहुँदा सरकारी नीति कार्यक्रम र योजनामा सो समुदायको मानव विकासका योजनाहरू नसमेटिएको भन्दै आयोगले विस्तृत तथ्यांकीय स्ट्याटस तयार गर्न सिफारिस गरेको हो ।

    राज्यको बेवास्ताकै कारण दलित समुदायको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक र रोजगारीका क्षेत्रमा समुन्नति हुन नसकेको आयोगको निष्कर्ष छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.