• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विपक्षी जुर्मुराउन थालेपछि ‘एक देश, एक चुनाव’ को नीतिमा भाजपा सरकार


  •    संवाददाता/ सोमबार, भदौ १८, २०८०  

  • विपक्षीहरू सक्रिय हुन थालेपछि भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले ‘एक देश, एक चुनाव’ काे रणनीति अगाडि सारेको छ। यसले विपक्षीलाई चुनाव लड्न असहज हुने बताइएको छ। लाेकसभा र विधानसभा चुनाव एकैचाेटि गराउन भाजपाले यो रणनीतिक हतियार अगाडि सारेको जानकारहरू बताउँछन्।

    खासमा, भारतमा लोकसभा चुनाव सयमभन्दा अघि या पछि गराउने सरकारको कुनै उद्देश्य छैन । यो कुरा केन्द्रीय सूचना प्रसारणमन्त्री अनुराग ठाकुरले एउटा अन्तर्वार्तामा पनि भन्नुभएको छ । उहाँका अनुसार आम चुनाव समयभन्दा अघि या पछि गराउने सरकारको कुनै इच्छा छैन ।

    ‘प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो कार्यकालको अन्तिम दिनसम्म देश र जनताको सेवा गर्न चाहनुहुन्छ,’ मन्त्री अनुरागले भन्नुभएको छ, ‘भारतीय जनता पार्टी (भाजपा) लामो समयदेखि एक देश एक चुनावको समर्थनमा छ । यसले समय र पैसा बच्ने र उक्त पैसा गरिब तथा देशको विकासमा लगाउन सकिन्छ ।’

    खासमा विशेष संसद् बोलाउने र ‘एक देश एक चुनाव’माथि उच्चस्तरीय समिति गठनपश्चात् लोकसभा चुनाव समयभन्दा अगाडि हुन सक्ने अनुमान गरिएको छ ।

    एक देश, एक चुनावमाथि रामनाथ कोविन्द कमिटीले सूचना जारी हुनुअघि नै यसमाथि काम गर्न थाल्नुभएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार केन्द्रीय कानुन मन्त्रालयका उच्च अधिकारीले आइतबार पूर्वराष्ट्रपति कोविन्दसँग भेटघाट गरी उहाँलाई एक देश, एक चुनावबारे ब्रिफिङ गरिएको छ ।

    ‘एक देश एक चुनाव संघ र राज्यमाथिको हमला’

    कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले मोदी सरकार लोकतान्त्रिक भारत बिस्तारै तानाशाहीमा परिणत होस् भन्ने चाहेको सामाजिक सञ्जालमा लेख्नुभएको थियो । उहाँको भनाइ थियो, ‘एक देश, एक चुनावमाथि कमिटी बनाउने यो नौटंकी भारतको संघीय ढाँचा बर्बाद गर्ने हतकण्ठा हो । २०२४ मा जनतासँग एक देश, एक चुनावको उपाय छ । त्यो हो, भाजपाको कुशासनबाट छुटकरा पाउनु ।’

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भन्नुहुन्छ, ‘देशका लागि के जरुरी छ ? एक देश, एक चुनाव– धनी होस् या गरिब सबैलाई एकजस्तो शिक्षा; एक देश, एक चुनाव– धनी होस् या गरिब, सबैलाई उत्कृष्ट उपचार । आम जनतालाई एक देश, एक चुनावले के दिन्छ ?’

    सरकार भन्छ– हरेक वर्ष समय तय नभई हुने चुनाव रोकिनुपर्छ

    २०१५ डिसेम्बरमा संसद्को स्थायी समितिले ७९औं प्रतिवेदनमा लोकसभा र विधानसभा चुनाव दुई चरणमा गराउन सिफारिस गरेका थियो । यही शनिबार जारी सूचनमा सरकारले विधि आयोगको १७०औं प्रतिवेदनको हवाला दिँदै प्रत्येक वर्ष समय तय नभई हुने चुनाव रोकिनुपर्ने बताएको छ ।

    सरकारका अनुसार एकपटक फेरि १९५१–१९६७ सम्म चलेको एक देश, एक चुनावी व्यवस्थातिर फर्किनुपर्छ । अपवादको स्थितिमा मात्रै अलग चुनाव हुनुपर्छ । लोकसभा र विधानसभाको चुनाव पाँच वर्षमा एकपटक हुनुपर्छ ।

    मोदी सरकाले डाक्यो विशेष सत्र

    एक देश, एक चुनावको चर्चा चलिरहँदा केन्द्रीय सरकारले संसद्को पाँच दिन विशेष सत्र डाकेको छ । यो सत्र सेप्टेम्बर १८ देखि २२ सम्म चल्नेछ । तर यो सत्र किन बोलाइएको हो भन्ने कुनै स्पष्ट जानकारी आएको भने छैन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    ताजा अपडेट
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.