• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रहरी चोर समात्न गएको उल्टै प्रहरीमाथि नै तातो पानि र खुर्सानी फ्याकियो

"प्रहरी चोर समात्न गएको उल्टै प्रहरीमाथि नै तातो पानि र खुर्सानी फ्याकियो "

  •    संवाददाता/ आइतबार, पुष २४, २०७९  

  • बारा ,  ।

    जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित मदरसा टोलमा मंगलवार राती नसरुदिन देवानको घरमा चोरी भएको घटना तुरुन्तै फैलियो ।

    सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी घटनास्थल पुग्यो ।

    प्रहरीले चोरी भएको घरको मुचुल्का तयार गर्‍यो । देवानले आफ्नो घरमा भएको चोरीको आरोप छिमेकी रिजवाना खातुनमाथी लगाए । उनले प्रहरीसमक्ष उजुरी दिए ।

    देवानको उजुरीपछि बुधवारइलाका प्रहरी कार्यालय सिमरा र जीतपुरको प्रहरी टोली रिजवानाको घरमा पुग्यो । तर प्रहरीले न त सहजै रिजवानालाई भेट्न पायो न सहजै घरमा प्रवेश गर्न सक्यो ।

    प्रहरी आफ्नो घरमा आएको थाहा पाउनासाथ रिजवानाले घरको ढोका खोल्न मानिनन् । ढोका खोल्न आग्रह गर्दा समेत रिजवानाले नमानेपछि बल प्रयोग गर्न प्रहरी बाध्य भयो । प्रहरीले बल प्रयोग गर्न थालेपछि रिजवाना र उनको परिवारका सदस्यले तातो पानी र खुर्सानी फ्याल्न सुरु गरे । त्यती मात्र नभई घरमाथीबाट ढुङ्गासमेत प्रहार गरे ।

    रिजवानाको परिवारले ढुङ्गासहित तातो पानी र खुर्सानी फ्याल्न थालेपछि प्रहरी तितरवितर हुन पुगेको थियो । प्रहरीलाई भगाउन अनेक उपाय लगाएपनि अन्त्यमा प्रहरीले बल प्रयोग गर्दै रिजवानासहित चार जनालाई नियन्त्रणमा लियो ।

    प्रहरीले ४० वर्षीया रिजवाना, उनको भाइ र दुई छोरालाई नियन्त्रणमा लिएको हो । चोरी आरोपमा उजुरी परेपछि अनुसन्धानका लागि पुगेका प्रहरीमाथी नै जाइलागेपछि प्रहरीले अभद्र व्यवहारमा मुद्धा प्रक्रिया सुरु गरेको छ ।

    सिमरास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले रिजवानाको परिवारले प्रहरीलाई भगाउन अनेक प्रयास गरेपनि अन्त्यमा नियन्त्रणमा लिएर कारवाही प्रक्रिया सुरु गरेको बताए ।

    ईशिलालेखबाट साभार ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.