• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

संविधान च्यात्ने दुष्प्रयास भएको थियो, कार्यान्वयन गर्न आएको छु– लामिछाने


  •    अभियान हाम्रो संवाददाता/ मङ्गलबार, कार्तिक २२, २०७९  

  • पोखरा  कात्तिक

    आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ ९१० मा ५ दलीय गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले संविधान कार्यान्वयन र विकासका लागि नेतृत्व फेर्नुपर्ने बताएका छन् । पोखरा महानगरपालिका २१ मा सञ्चालित चुनवी अभियानका क्रममा मतदातासँग उनले यस्तो बताएका हुन् ।

    जवाफमा मतदाताले आफ्नो ठाउँको बिकासको लागि नेतृत्व फेर्न तयार भएको बताएका छन् । कार्यक्रममा ठुलीस्वाँरा टोल बिकास संस्थाका बलबहादुर आलेले बाटो नभएर दुख पाईएको बताउँदै बाटो बनाईदिनेलाई आफ्नो मत दिने बताए । उनले लामिछानेसँग बाटोलाई पहिलो प्रथामिकता राखेर काम गर्न माग समेत गरे । साथै उनले आफ्नो टोलमा खानेपानी र भवन मर्मतको लागि बजेट माग गरे ।

    स्थानीय दधिसरा रानाले जति चुनाव आएपनि जन प्रतिनिधिले जनतालाई निराश मात्रै बनाएको गुनासो गरिन् । ‘अहिलेको पारा हेर्दा मेरो जिन्दगी त यसै गयो छोरा छोरीको जिन्दगी पनि यसरी नै जान्छ जस्तो छ ।’ उनले भनिन् ।

    उनले अहिले पार्टी र नेताहरुको भरोसा पनि लाग्छ छाडेको बताउँदै आश्वासन मात्रै दिनेलाई भन्दा नयाँ उम्मेदवारलाई मत दिने बताईन् । जनतालाई आस नदेखाउन आग्रह गर्दै उनले सबैले मिलेर काम गरे राम्रो हुने बताईन् ।

    स्थानीय चन्द्र बहादुर थापाले पटक पटक धाउँदा पनि विकासका लागि बजेट नआएको गुनासो गरे । ‘पाँच वर्ष धाउँदा धाउँदा समेत बजेट पाईएन अब हामी पुरानालाई कालो झण्डा देखाउन तयार छौं ।’ उनले भने ।

    कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य गुरु बरालले संविधान च्यातिने, लोकतन्त्र मासिने खतरा कायमै रहेकोले लोकतन्त्रको रक्षाका लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने बताए ।

    प्रतिनिधिसभाका उम्मेदवार श्रीनाथ बरालले नेकपा एमालेले संविधान कार्यान्वयन गर्न भन्दा भ्रष्टाचार बढाउन र संसद बिघटन तिर ध्यान दिएकाले लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने अवस्था आएको बताए । देशलाई अप्ठ्यारो पर्दा कम्युनिस्ट र काँग्रेस मिल्ने नेपाली राजनीतिको विशिष्ट विषेशता रहेको भन्दै उनले आफुलाई साझा उम्मेदवारको रुपमा प्रस्तुत गरेका थिए ।

    ‘जित भएपनि नभएपनि सधैं जनताको घरमा हुनेछु । बाटो स्तरोन्ती गर्ने फराकिलो बनाउने छौं । खानेपानी पर्याप्त हुनेगरी काम गर्नेछौं ।’ उनले भने ।
    एकीकृत समाजवादी समानुपातिक उम्मेदवार सारदा प्रसाद सुवेदी केपीले प्रतिगामी लिएर राजनिती गरेको बताए । नेपाली काँग्रेस समानुपातिक उम्मेदवार बृद्धा राना आले आगामी ५ वर्षको लागि बिकास गर्न, समृद्धि ल्याउन गठबन्धन गर्नुपर्ने बताईन ।

    नेकपा ९एकीकृत समाजवादी०का समानुपातिक उम्मेदवार दिलकुमारी पन्तले गठबन्धनको उम्मेदवारको जित निश्चत भएको बताईन् । अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेस पराजुलीले संविधान बचाउन काँग्रेस र कम्युनिस्ट एक भएको बताए । व्यवस्था बचाउन गठबन्धन भएको उनको भनाई थियो ।

    नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि बिजयराज आचार्यले गठबन्धन किन र के को लागि बन्यो बुझ्नुपर्ने भन्दै देशको भविष्यको लागि गठबन्धनको आवश्यकता रहेको बताए ।

    कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारी कास्की अध्यक्ष देवीमाया अधिकारी, एकीकृत समाजवादी जिल्ला सचिवालय सदस्य दताराम आचार्य, समानुपातिक उम्मेदवार बृद्वा देवी राना, माओवादी केन्द्र गण्डकी प्रदेश सल्लाहकार निर्मल बहादुर अधिकारी, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि देवराज चालिसे, नेकपा एस जिल्ला अध्यक्ष खड्क हमाल लगायतले गठबन्धन कम्तिमा ५ वर्ष अघि बढ्नुपर्नेमा जोड दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.