चरित्रहीन
एकपटक एक बृद्ध मानिसको कुराले उनलाई प्रभावित बनायो त्यसैले उनले खाना खानको लागि घरमा बोलाइन । बृद्धले उनको निमन्त्रणा स्वीकार गरेर ति महिलाको घरमा खाना खान गए। बाटोमा जब मानिसहरूले ति महिलासँग एक बृद्ध पुरुष देखे, तब एउटा केटो उनीहरुको नजिक गयो र भन्यो: यि महिलासँग तपाईंको के कस्तो नाता सम्बन्ध छ?
बृद्धले भने: उन महिलाले खाना खानको लागि निम्तो गरेको भएर उनको साथमा खाना खान जाँदै छु । बृद्धको कुरा सुनेपछि त्यो केटाले भन्यो: तपाईं यि महिलासँग खाना खान यिनको घर नजानुहोस् तपाईंको चरम बेइज्जत हुन्छ यिनको घरमा जानुभयो भने। किनकि यि आइमाई चरित्रहिन हो । त्यो केटाले यस्तो भन्दा पनि यि बृद्धले उसको कुरा नसुनी ति महिलाको साथमा उनको घर जानथाले ।
त्यो केटोले यो कुरा जंगलमा आगो फैलिए जसरी गाउँ भर यो कुरा फैलायो, गाउँका मुखिया दौडिदै हस्याङ र फस्याङ गर्दै ति महिला र बृद्ध हुने ठाउँ आइपुगे र बृद्धलाई महिलाको घरमा नजानको लागि आग्रह गर्न थाले। विवाद हुन लागेको देखेर बृद्धले सबैलाई शान्त रहन आग्रह गरे, अनि मुस्कुराउदै मुखियाको एउटा हात आफ्नो हातले कस्सेर समाए र भने, अब तपाई ताली बजाउन सक्नुहुन्छ?
मुखियले भने: एउटा हातले कसरी ताली बनाउन सक्छु र?
बृद्ध मानिसले मुखियाको कुरा सुनेर मुस्कुराए र भने: जसरी एउटा हातले ताली बजाउन असम्भव हुन्छ, त्यसैगरी एउटि महिला कसरी चरीत्रहिन हुन सक्छिन , जबसम्म एक पुरुषले उनलाई चरित्रहिन हुन बाध्य बनाउँदैन। चरित्रहिन पुरुष ले नै एउटि महिलालाई चरित्रहिन बनाउन जिम्मेवार हुन्छ।
यो कस्तो बिडम्बनापुर्ण छ कि यस कथित “पुरुष” प्रदान समाजको घमण्डमा पुरुषले महिलालाई केवल आफ्नो झुठो गर्वको लागि उपभोगको बस्तु ठान्छ र बिर्सिन्छ कि जुन महिलालाई उसले चरीत्रहिन भनिरहेको छ त्यसको जिम्मेवार उ स्वयम् हो








