मेष :
राजनीतिक क्षेत्रमा साथीको साथ मिल्ने छ । सेवाको अवसर मिल्ने छ । गोपनीयता भंग गरेमा घाटा हुनेछ ।
वृष :
साना कुराले मन अशान्त बन्नेछ । गणेशको सेवा गर्न सकेमा दिन सहज बन्नेछ । धार्मिक क्षेत्रको यात्रा तय हुनेछ ।
मिथुन :
धार्मिक क्षेत्रको यात्रा तय हुने दिन छ । बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या पर्नेछ । शिक्षामा ढिलासुस्ती हुनेछ ।
कर्कट :
धनलक्ष्मी योग परेको छ । धन बढ्ने देखिन्छ । स्वास्थ्यमा सुधार हुनाले मनमा उत्साह मिल्ने छ ।
सिंह :
दिन राम्रो छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
कन्या :
शुभ दिन छ । व्यापारमा भन्दा शिक्षामा गरेको प्रयास सफल बन्नेछ । खानपानमा समस्या हुन सक्छ । मिहिनेतको फल मिल्ने छ ।
तुला :
शिक्षा क्षेत्रको लगानीले उत्साह मिल्ने छ । परिवारको तर्फबाट उचित सुझाव प्राप्त हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह मिल्ने छ ।
वृश्चिक :
असल व्यक्तिसँग भेट हुनेछ । बन्धुसँगको सहकार्यले फाइदा हुनेछ । स्वास्थ्यमा समस्या हुने भएकाले औषधीलाई नियमित गर्नु उचित हुनेछ ।
धनु :
दिन सामान्य छ । आजको दिन शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । दाम्पत्य जीवन सुखयम बित्नेछ । श्रमको मूल्य मिल्ने छ ।
मकर :
दाजुभाइसँगको सहकार्यले मनमा उत्साह बढ्ने छ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुने देखिन्छ । परिवारसँग रमाइलो गरेर दिन बिताउने समय रहेको छ ।
कुम्भ :
दिन सामान्य छ । व्यापारमा फाइदा हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।
मीन :
व्यवहार गर्दा सचेत बन्नु उचित हुन्छ । शिक्षाको क्षेत्रमा मिहेनतको खाँचो छ । बिहान उठेर पिपलको परिक्रमा मात्र गरेमा दिन सहज बन्नेछ ।








