• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै


  •    संवाददाता/ बुधबार, कार्तिक २७, २०८२  

  • पोखरा २६ कार्तिक ।

      पोखरा, १३ आर्वा स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल महाप्रभुधाममा बाला चतुर्दशीको अवसर पारेर महोत्सव आयोजना गरिदै छ ।
        श्री महाप्रभुधाम रतन पाँडे पर्यटकिय क्षेत्र विकास समितिको आयोजनामा यही मंसिर तीन गते बाला चतुर्दशी (सतबीज ) छर्ने दिन एकदिने महोत्सवको आयोजना गरिने भएको हो ।
      महोत्सवमा राष्ट्रिय खुल्ला भजन चुड्का प्रतियोगिता, तथा महाआरती लगायतका विभिन्न धार्मिक तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिने छन् । महोत्सव सम्पन्न गर्न बिभिन्न उपसमितिहरू समेत गठन गरिएको छ ।
       ‘आर्वा महाप्रभुधाम जाऔं, सतबीज छर्दै भजन कीर्तनमा रमाऔं’ भन्ने नाराका साथ आयोजित महोत्सवको मुख्य आकर्षण समुहगत राष्ट्रिय खुल्ला भजन चुड्का प्रतियोगिता रहेको हो । प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ५० हजार रुपयाँ  प्रदान गरिनेछ । तेस्तै दोस्रो हुने समुहलाई नगद ३० हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुने एक समुहलाई पाँच हजार नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएका छन् । प्रतियोगितामा टीम दर्ता शुल्क एक हजार रुपयाँ राखिएको छ । तेस्तै सहभागि हुने सबै समुहहरुलाई प्रोत्साहन स्वरुप दुईहजार रुपयाँ प्रदान गरिने बताईएको छ ।
      प्रतियोगितामा भाग लिने समुहले मंसिर एक गते सम्म टिम दर्ता गराई सक्नु पर्ने  छ ।
       यसैबिच महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न मंसिर एक गते बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गरिदै छ । पोखरा १३ काहुँखोलाबाट शुरू हुने प्रभातफेरी पोखराका विभिन्न स्थानको परिक्रमा पछी पुन : काहुँखोलामा आई समापन हुने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.