✍️ सप्रिया गुरुङ
हङकङ, २३ अगस्ट २०२५ — नेपालीहरूको मौलिक संस्कार, संस्कृति र सम्बन्धलाई समेट्ने विशेष पर्व कुशेऔँसी, जसलाई ‘बुबाको मुख हेर्ने दिन’ भनेर पनि चिनिन्छ, आज देश–विदेशमा बसोबास गर्ने नेपालीहरूद्वारा श्रद्धा, सम्मान र भावनात्मक समर्पणसाथ मनाइँदैछ।
भाद्र महिनाको अमावस्याका दिन पर्ने यो पर्वमा जीवित बाबु तथा अग्रजहरूप्रति सम्मान प्रकट गरिन्छ भने दिवंगत पितृहरूको आत्मशान्तिका लागि तर्पण, श्राद्ध र दानपुण्य गरिन्छ। यस दिन छोराछोरीहरूले बाबुआमाप्रति आभार प्रकट गर्ने, उनका आशिष लिने, र पारिवारिक सम्बन्धको आत्मिक बल गाढा बनाउने अवसरका रूपमा लिने परम्परा छ।
मेरो घर पर्वत जिल्ला को आर्थर डाडाखर्क हो हाल मा हङकङमा बसोबास गर्दै आएकी छु आज कुशे औशीको दिनमा बाबा र बाजेलाई स्मरण गर्दै केही शब्दहरु लेख्ने प्रयास गरेकि छु ।
“सानो छँदा हाम्रो लागि भनेर बाबाले अर्को ठाउँमा कति दुःख गर्नुभयो, त्यो माया र त्यागलाई म कहिल्यै बिर्सिन सक्दिनँ। अहिले बाबा हुनुहुन्छ, तर बाबाको माया के हो भन्ने कुरा जीवनमा अझै बुझ्दै छु। आजको दिनमा झन् धेरै सम्झेकी छु। हजुर जहाँ हुनुहुन्छ, सधैं स्वस्थ र खुशी रहनुहोस्।”
त्यस्तै, बाजेप्रतिको सम्मान र श्रद्धाले पनि उनलाई आजको दिन भावनात्मक बनाएको देखिन्छ।“मेरो बाजे याक बहादुर गुरुङ (८९ वर्ष) हुनुहुन्छ। भौतिक रूपमा टाढा भए पनि उहाँको माया, स्नेह र आशीर्वाद मेरो जीवनमा सधैं मार्गदर्शक बनेको छ। बाबाभन्दा पनि बढी माया दिनुहुने बाजे, तपाईँकै कारण म आज यो स्तरमा पुगेकी छु। धेरै सम्झेकी छु, बाजे। हजुर सधैं खुशी रहनुहोस्।”
परदेशको व्यस्त जीवनशैलीबीच पनि संस्कार र सम्बन्धप्रतिको निष्ठा झल्काउने यस्ता अभिव्यक्तिहरूले प्रवासमा रहेकाहरूका लागि गहिरो सन्देश दिने अपेक्षा गरेकि छु
यस दिन, परदेशी भूमिमा रहे पनि बाबु–बाजेप्रतिको प्रेम, कृतज्ञता र सम्झनाले मलाई हृदयदेखि भावुक बनाएको छ।








