सशस्त्र प्रहरी बल, कालिका गण र गण्डकी मेडिकल कलेज (GMC) बिच स्वास्थ्य सुविधामा छुट सम्बन्धी सम्झौता भएको छ ।
बुधबार पोखरामा भएको एक कार्यक्रमविच सशस्त्र प्रहरी बल, नेपाल नं.२४ गण हेडक्वाटर. कालिका कास्कीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरुण कुमार शर्मा र गण्डकी मेडिकल कलेज (GMC) नयाँबजार पोखराका प्रिन्सिपल डा. रविन्द्र प्रसाद श्रेष्ठ बिच सम्झौता भएको हो । गण्डकी प्रदेशमा कार्यरत सम्पुर्ण सशस्त्र प्रहरी तथा परिवारजन, गण्डकी प्रदेश भित्र बसोबास गर्ने अवकाश प्राप्त सशस्त्र प्रहरी तथा परिवारजन र अमर सशस्त्र प्रहरीहरुका आश्रित परिवारजनहरुलाई विभिन्न स्वास्थ्य सेवाहरुमा १५ प्रतिशत देखी १०० प्रतिशत सम्म स्वास्थ्य सुविधाहरुमा छुट उपलब्ध गराउने भएको हो ।
सो सम्बन्धी २०८०/ १२/७ गते बुधबार सम्झौता (MOU) भएको छ । यो सम्झौता उल्लेखित मितिबाट नै लागू हुने जनाएको छ ।







