• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एक महिने सारंगी प्रशिक्षण कार्यक्रम सम्पन्न


  •    अभियान हाम्रो / सोमबार, माघ २९, २०८०  

  • माघ , पोखरा ।

    एक महिने सारंगी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानले हेम्जा साहित्य प्रतिष्ठानसँगको सहकार्यमा कास्कीको हेम्जामा यो कार्यक्रम आयोजना गरेको थियो ।

    प्रशिक्षण कार्यक्रममा गन्धर्व समुदायका २५ जना बालबालिकाको सहभागी बनेका थिए । उनीहरुलाई स्थापित सारंगी बाधक सम्मर बहादुर गायकले सहजीकरण गरेका हुन् । समापन कार्यक्रमा आफूले सिकेका ज्ञानलाई उनीहरुले दुईवटा गीतमा सारंगी बजाएर प्रस्तुत समेत गरेका थिए ।

    गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमा बोल्दै उनले वैदिक काल भन्दा अगाडि सारंगीको उत्पत्ति भएको बताए । एक तार हुँदै आज सारंगीको विकसित रुप चार तारसम्म आइपुगेको उनको भनाई थियो । ऐतिहासिक महत्व बोकेको सारंगी गन्धर्व समुदायसँग जोडिनु खुशीको कुरा भएको उनले सुनाए ।

    नेपाली लोक भाकामा प्रयोग गरिने सारंगी बाजा मात्र नभएर व्यवसाय पनि भएको भन्दै नयाँ पिढीले यसको संरक्षण प्रर्वद्धनका साथै व्यवसायसँग पनि जोड्नुपर्नेमा जोड दिए । एक महिनासम्म सिकेका कुरालाई प्रयोगात्मक रुपमा देखाएकोमा उनले बालबालिकाको प्रशंसा समेत गरे । तपाईहरुले सारंगी बजाएर देखाउनुभयो, म तपाईहरुप्रति विश्वस्त भए, अब तपाइहरु जस्तो नयाँ पिढीले सारंगीको गर्विलो इतिहास जोगाउनु हुनेछ’ उनले भने । सचिव पौडेलले मन्त्रालयले गर्नुपर्ने सहयोगमा आफू सदैव तयार रहेको समेत खुलाए ।

    प्रशिक्षण कार्यक्रमका सहजकर्ता सम्मरबहादुर गायकले यस्तो प्रकारको प्रशिक्षणले नयाँ पिढीलाई आर्कषण गरेको बताए । एक महिनको समय अवधि कम भएको भन्दै यस्ता प्रशिक्षण कार्यक्रम निरन्तर आयोजना भैरहनुपर्नेमा उनको जोड थियो ।

    गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले प्रज्ञा प्रतिष्ठानको काम नै जातजातिका विभिन्न मौलिक संस्कृति जर्गेना गर्ने भएको बताए । पछिल्लो समयमा नयाँ पुस्ता आफ्नो भाषा, बाजा, वेषभूषा र संस्कृति प्रति उदासिन बन्दै गइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘यो डर लाग्दो अवस्था हो, तसर्थ नयाँ पुस्तालाई क्रमिक रुपमा आफ्नो भाषाप्रति, आफ्नो बाजाप्रति, संस्कार संस्कृति प्रति आर्कषित गराउनु छ, त्यसका लागि प्रज्ञा प्रतिष्ठान कटिबद्ध छ’ उनले भने ।

    हेम्जा साहित्य प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा भएको समापन समारोहमा प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा पोखरा २५ हेम्जाका वडाध्यक्ष मोतिलाल तिम्सीना, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कृष्ण प्रसाद पौडेल, प्राज्ञ डिल कुमारी पौडेले लगायत सहभागी भएका थिए । एक महिने सारंगी प्रशिक्षण कार्यक्रम गत पौष २७ गतेबाट सञ्चालन भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.