• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

लमजुङ क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीबिच झडप हुदाँ १५ जना विद्यार्थी घाइते


  •    संवाददाता/ आइतबार, माघ २८, २०८०  

  •  

    लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीबिच झडप हुदाँ १५ जना विद्यार्थी घाइते भएका छन् ।

    माघ २७ गते क्याम्पस बाहिर खाना खाएर फर्किरहेका अनेरास्ववियुका विद्यार्थीहरु छात्रावास प्रवेश गर्न लागेको समय नेविसंघ समर्थित विद्यार्थीले लखेटेर आक्रमण गरेको अनेरास्ववियु समर्थित विद्यार्थीहरुले बताएका छन् । आक्रमणमा फलामे रड र क्रिकेटको व्याटलगायत प्रयोग भएको र भागेर छतमा गएकालाई छतबाटै उचालेर फालेको अनेरास्ववियुका विद्यार्थीहरुले बताएका छन् । घाइते विद्यार्थीलाई सम्हालेर लाने क्रममा क्याम्पसका निमित्त प्रमुख अमित खनाल पनि सामान्य घाइते हुनुभएको छ ।

    क्याम्पसका निमित्त प्रमुख खनालका अनुसार घटनामा १५ जना विद्यार्थी घाइते भएको र घाइतेलाई उपचारको लागि सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पताल लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकी चार जनालाई पोखरा र चितवन रिफर गरिएको छ ।

    विद्यार्थी मदन रिजाल र बेदान्त घिमिरेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । विराज सुवेदी र टिकाराम ढकालको चितवन मेडिकल कलेज भरतपुर चितवन लगिएको र उपचार भइरहेको क्याम्पसले जनाएको छ । निमित्त क्याम्पस प्रमुख खनालका अनुसार अन्य भने उपचार पछि फर्केका छन् ।

    खनालका अनुसार क्याम्पसमा फागुन ८ गतेदेखि बीएसएजीकोे कक्षा सुरु गर्ने तयारी थियो । विद्यार्थी भर्नाको विषयलाई लिएर घटना भएको हुन सक्ने उहाँले बताउनुभयो । उहाँले पुरानो रिसिइबी समेत भएको हुन सक्ने बताउनुभयो ।

    जिल्ला प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेका अनुसार कुटपिटको खबर आएपछि प्रहरी पुगेको र अहिले अवस्था सामान्य रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.