• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

८ सय ५० बढीको स्वास्थ्य परीक्षण


  •    अभियान हाम्रो / आइतबार, पुष २९, २०८०  

  • कृष्ण आचार्य,

    पोखरा, २९ पुस

    पद्म नर्सिङ होम प्रा.लि.पोखरा–३, नदिपुरले शुक्रबार पोखरा–२७ लेखनाथ अर्घौचोकमा वृहत निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ ।

    पोखरा महानगरपालिका वडा नम्वर २७ को आयोजना र पद्म नर्सिङ होम प्रा.लि.को प्राबिधिक सहयोगमा अर्घौचोक स्थित गच्छाफाँटमा अवस्थित लेखनाथ मेमोरियल इङ्लिस बोडिङ्ग स्कुलको प्राङ्गणमा वृहत निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको हो ।

    निःशुल्क स्वास्थ्य शिबिरमा ८ सय ५० भन्दा धेरैको स्वास्थ्य परिक्षण गरिएको पद्म नर्सिङ होम प्रा.लि. का प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला जानकारी दिए । बास्तोलाका अनुसार शिबिरमा २ सय ९३ जना जनरल मेडिसिन सम्बन्धि, २ सय ८ जना आँखा सम्बन्धि, १ सय ५ जना हाडजोर्नी तथा नसारोग सम्बन्धि, ८७ जना स्त्रीरोग सम्बन्धि, ५७ जना नाक कान घाँटी रोग सम्बन्धि र ५५ जना बालरोग सम्बन्धि, ४८ जना बाल दन्तरोग सम्बन्धि बिरामीहरुको निः शुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

    शिबिरमा १ सय ४२ जनाको भिडियो एक्सरे, १ सय ३८ जनाको ल्याब परिक्षण, ९३ जनाको मुटुको इसिजी गरिएको थियो भने बिरामीहरूका लागि आवश्यक औसधि समेत निःशुल्क बितरण गरिएको नर्सिङ होमले जनाएको छ ।

    शिबिरमा बरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठ, बरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदिप नारायण अग्रहरी, बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर राजन पौडेल, फिजिसियन डाक्टर सुदर्शन सुवेदी, फिजिसियन डाक्टर राजेन्द्र पौडेल, फिजिसियन डाक्टर कृष्णराज अधिकारी, डाक्टर प्रकाश भट्टराई, डाक्टर बिक्रम अधिकारी, डाक्टर आश्ना बाटाजु, डाक्टर बिज्ञान कोइराला लगायतका चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए ।

    निःशुल्क स्वास्थ्य शिबिरमा स्वास्थ्यकर्मीहरु मेट्रोन रजनी पालिखे, रिता भट्टराई, जितेन्द्र पौडेल, ब्रह्मदेव महतो, सन्तोष अधिकारी, अञ्जना थापा, प्रतिभा परियार, राम बिनोद महतो, शुदासा लामिछाने, प्रेम कुमारी थापा, पुनम गुरुङ्ग, कृष्ण कुमारी थापा, मिन कुमारी गुरुङ्ग, मेनुका श्रेष्ठ, धिरज गौतम, अमृत थापा, सपना ढकाल, सुवर्ण गुरुङ्ग, सुस्मिता अधिकारी, पुष्पा ढुङ्गाना, बिशाल बराल, सुनिता श्रेष्ठ, प्रदिप न्यौपाने लगायतको टिमले बिरामीको स्वास्थ्य परिक्षणमा सहजीकरण गरेका थिए । लेखनाथ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु एवं पोखरा २७ का स्वयम सेबिकाहरुले पनि शिबिरमा सक्रिय भुमिका निभएका थिए ।

    स्वास्थ्य शिबिर कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्गले स्वास्थ्य संस्थाहरुले आफ्नो सेवालाई सहज र प्रवाभकारी बनाउदै सेवामुलक रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिए । पद्म नर्सिङ्ग होम सँगको सहकार्यमा आफ्नो वडाका नागरिकहरुलाई घरदैलोमा नै निःशुल्क उपचारको ब्यवस्था गर्न पाउदा खुसी लागेको उनको भनाई थियो ।

    पद्म नर्सिङ्ग होम प्रा.लि.पोखरा–३,नदिपुरका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले स्वास्थ्य संस्थाहरुको उत्तरदायित्व नाफामुलक मात्रै नभएकोले सेवा भावलाई अगाडि बढाउन आफ्नो संस्था तयार रहेको भन्दै गाउँ घरका दुरदराजमा रहेका जनता सम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफुहरु प्रयासरत रहने प्रतिबद्धता ब्यक्त गरे । उनले यस निःशुल्क स्वास्थ्य शिबिरमा सेवा लिएका र थप उपचार गर्नुपर्ने अवस्था देखिएका बिरामीहरूलाई पोखरा–३ नदिपुर स्थिति पद्म नर्सिङ्ग होम प्रालिबाट विशेष छुटका साथ थप उपचार गराउने समेत बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.