• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बाह्रौ पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा पारिने


  •    अभियान हाम्रो/ मङ्गलबार, पुष २४, २०८०  

  • पोखरा

    आगामी पुषको २६ देखि माघकोे ८ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने बाह्रौ संस्करणको पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा बनाईने भएको छ । महोत्सवमा नेपाल प्रहरी, सशस्त्र, प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसि क्यामेराको माध्यमबाट सुरक्षा प्रदान गरिने भएको हो ।

    महोत्सव आयोजक यूनाइटेड क्लब र सुरक्षा निकायहरुबीचको बैठकमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पोखरा महोत्सवको सुरक्षामा कुनैपनि कमजोरी हुन नदिने वताए । यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममा अग्रसर रहेको आफुले जानकारी पाएको वताउदै सामाजिक कामका लागि आयोजना गरिने पोखरा महोत्सवको सुरक्षामा कुनैपनि कमि कमजोरी हुन नदिने वताएका हुन ।

    महोत्सव आयोजकले अघिल्लो संस्करणको महोत्सवहरुको भन्दा यो संस्करणमा अझै सुरक्षामा विशेष महत्वका साथ सुरक्षा प्रदान गर्ने गरी प्रहरी प्रशासन संग सहकार्य गरेर अगाडी वढेमा सुरक्षामा कुनैपनि चुनौति खडा नहुने वताउदै जिल्ला अधिकारी घिमिरेले महोत्सव स्थलहरु वरपर राखिने फुटपाथ ब्यवशायीहरुले सडक दुर्घटनाहरु निम्त्याउन सक्ने वताए । फुटपाथ ब्यवशायीहरुलाई हटाउन महानगर संग सहकार्य गर्न महोत्सव आयोजकलाई आग्रह गर्दैै महानगरले हटाउन नसके प्रशासन लगाएर फुटपाथ ब्यवशाय हटाउन प्रशासनले सहयोग गर्ने समेत बताए ।

    महोत्सवको माध्यामबाट सचेतनामुलक सुचनाहरु प्रवाह गर्न समेत उनले आग्रह गर्दै महोत्सवमा प्रविधीको उच्चतम प्रयोग गरी सुरक्षालाई चुस्त दुस्त बनाउन प्रहरी प्रशासन र आयोजक लाग्नुपर्नेमा जोड दिए ।

    कास्की प्रहरी प्रमुख मोहन कुमार थापाले महोत्सव अवधिभर विषेश सुरक्षा योजना बनाएर अघिल्लो संस्करण भन्दा बढी मात्रामा प्रहरी परिचालन गराउने वताए । महोत्सव स्थलमा निगरानीका लागिने सिसि क्यामेरामा नेपाल प्रहरीबाट नै दक्ष प्राविधिकको उपस्थितीमा प्रत्यक्ष निगरानी गर्ने समेत थापाको भनाइ रहेको थियो ।

    त्यस्तै ट्राफिक ब्यवस्थापनका लागि आयोजक संग सहकार्य गरेर अगाडी वढ्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक भानु शर्माले वताए । कालिका गण मालेपाटनका गणपति प्रहरी उपरिक्षक धन बहादुर बानियाले महोत्सवको सुरक्षाको लागि सशस्त्र प्रहरीले समेत आवश्यक अनुसार फौज परिचालन गर्ने वताए ।

    सो अवसरमा वोल्दै जेट सेक्युरिटीका प्रवन्ध निर्देशक कृष्ण सुवेदीले प्रशासनबाट उपलब्ध सुरक्षाकर्मी संग सहकार्य गरेर महोत्सवको सुरक्षामा लाग्ने वताए । त्यस्तै सिसि क्यामेरा आइटिकीका प्रवन्ध निर्देशक दिनेश महर्जनले महोत्सवमा अत्याधुनिक सिसि क्यामेराको माध्यामबाट पूर्ण सुरक्षाको प्रवन्ध मिलाएको वताए ।

    सो अवसरमा बाह्रौं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले महोत्सवको बारेमा जानकारी गराएका थिएभने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले कार्यक्र
    मको सञ्चालन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.