• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आफ्नै श्रीमानको हत्या गरी जङ्गलको झाडीमा  लुकाएको आरोपमा एक महिला पक्राउ 

"आफ्नै श्रीमानको हत्या गरी जङ्गलको झाडीमा  लुकाएको आरोपमा एक महिला पक्राउ  "

  •    अभियान हाम्रो/ बिहिबार, मङि्सर २१, २०८०  

  • २० मङ्सिर, उदयपुर ।

    त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमानको हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार ६० वर्षका श्याम राईको हत्या आरोपमा उनकी पत्नी ४० वर्षीया निरकुमारी राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । निरकुमारीले श्रीमानको शव नजिकैको झाडीमा स्याउलाले छोपेर राखेको अवस्थामा मङ्गलबार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    घटनाको अनुसन्धान सुरु गर्दा नै हत्याको कसुरमा संलग्न भएको प्रमाणसहित निरकुमारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा निरकुमारीले श्यामको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी जनाएको छ ।

    श्रीमान् दैनिक मादक पदार्थ सेवन गरेर घर आउने र घरमा झगडा गर्ने गरेका कारण आफूले सहन गर्न नसकी हत्या गरेको निरकुमारीले बताएको प्रहरीको भनाइ छ । हत्यामा अन्य व्यक्ति पनि संलग्न रहे नरहेका विषयमा पनि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.