प्रसौनी गाउँपालिका–३ लौतनकी ३५ वर्षीया मन्जु देवीलाई गालीगलौज तथा कुटपिट गरेको आरोपमा पीडितले पति र सासुविरुद्ध मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो ।
आरोपित ज्वाइले नसालु पदार्थ सेवन गरी पटक पटक कुटपिट गर्नुको साथै छोरीको औषधि उपचारमा समेत बेवास्था गरी अर्को विवाह गर्ने धम्की समेत दिएको पीडितका ६५ वर्षीय बुबा राम प्रसाद साहको आरोप रहेको छ ।
पीडीत र आरोपित दुवै पक्षलाई बोलाई घटना बारे सत्य तथ्य बुझी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्सपेक्टर बिमला कुमारी कठायतले जानकारी दिनु भयो ।







