• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु


  •    अभियान हाम्रो / शुक्रबार, मङि्सर १५, २०८०  

  • पोखरा

    १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा बिहिबारबाट सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । यहि मसिर १७ गते सम्म्म सञ्चालन हुने १६ औ संस्करणको हिसान स्पोर्टस मिटको उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले स्वास्थ्य नागरिक उत्पादनका लागि शिक्षा संगै खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए ।

    पछिल्लो समयमा खेलकुदका गतिविधि बढे संगै विश्वविद्यालयले खेलकुद अध्ययन अध्यापनका लागि स्नातक तहमा खेलकुद विषयलाई प्राथमिकतामा राखेर अघि बढाएको उनले उल्लेख गरे । सो अवसरमा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले सामाजिक विकास र रुपान्तरणका लागि खेलकुदको विकास अपरिहार्य रहने बताउँदै विद्यालयस्तरका खेलकुदले नै खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने बताए ।

    हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला शिक्षा समन्वय समिति कास्कीका प्रमुख लोकनाथ आचार्य, १६ औं हिसान स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले शिक्षा संगै खेलकुदको विकास र खेलाडी उत्पादनका लागि स्पोर्टस मिटलाई निरन्तरता दिंदै आएको बताए । उद्घाटन कार्यक्रममा हिसान कास्कीले विभिन्न समयमा आयोजना गरेको अतिरिक्त कृयाकलापमा बिजेता विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए । बिहिबार भएको बास्केटबल उद्घाटन खेलमा हिल पोइन्टले सोसल पव्लिक स्कुललाई २७–११ ले पराजित गरेको छ ।

    त्यस्तै अन्य खेलमा गोर्खा वोर्डिङ स्कुलले ज्योती कुञ्जलाई ११–८ ले, बालकल्याणले डायमण्डलाई ५३–१० ले, सिर्जनाले पोखरा युनाइटेडलाई ३७–१२ ले, माउन्ट अन्नपूर्णले स्पाइरल ग्यालेक्सीलाई ६४–०५ ले र भास्करले वेलननलाई २४–१८ ले पराजित गरेको छ । त्यस्तै अन्य खेलमा पश्चिमाञ्चल, कास्की मोर्डनाइज्ड, सगरमाथा, टप्स, शिसुनिकेतन मावीले समेत आ–आफ्ना खेल जितेका छन् । त्यस्तै आजनै सम्पन्न छात्रा भलिबल प्लस टुतर्फ ८ खेल सम्पन्न भएका छन् । पहिलो चरणका खेलमा पोखरा आदर्श, केफ, कास्की मोर्डनाइज, प्रतिभा मावी, मदर ल्याण्ड, ज्ञानसागर, पश्चिमाञ्चल र टप्स माविले विजयी सुरुवात गरेका छन् । छात्रतर्फ ७ खेल सम्पन्न भए ।

    जसमा केफ, सोसल पव्लिक स्कुल, सगरमाथा, पश्चिमाञ्चल, सिर्जना, पोखरा आदर्श र गुरुकुललले आ–आफ्नो खेलमा विजयी भए । आज नै प्लस टु छात्र–छात्रातर्फका व्याडमिन्टन र टेवुल टेनिसका पहिलो चरणका खेलहरु जारी रहेको व्याडमिन्टन प्रतियोगिताका सांयोजक पुरन कुंवरले जानकारी दिए स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुनेछन् । प्रतियोगितामा मावीतह छात्र भलिबलमा २९ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुने हिसान कास्कीका अध्यक्ष रोक्काले जानकारी दिए ।

    त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३७ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ १५ टिम भिड्नेछन् । टेवुल टेनिसतर्फ २८ विद्यालयका करिव ३ सय छात्र–छात्रा सिंगल्स र डवल्समा प्रतिस्पर्धा गर्नेछन भने व्याडमिन्टन छात्र–छात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीहरुको सहभागिता रहेकोे छ । विश्वविद्यालयतर्फ बास्केटबलमा ९ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    ताजा अपडेट
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    • गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.