विनाशकारी भूकम्पले विद्यालयकाे भवनमा क्षति गरेपछि अहिले विद्यार्थीहरु त्रिपालमुनि र खुल्ला चौरमा बसेर पठनपाठन गर्नु बाध्यता छ । विद्यालयमा अरु विकल्प नभएपछि खुल्लाचौरमा पठनपाठन गर्नु परेको हो । जिल्लामा अझै भूकम्पको त्रास रहेको छ ।
विनाशकारी भूकम्पले बालबालिका, सुत्केरी, गर्भवती महिला र ज्येष्ठ नागरिक विद्यार्थीमा ठुलो असर परेको छ । घर भत्किएपछि किताव र कापी पुरिएपछि चिन्तित बनेका बालबालिका विद्यालय सञ्चालन भएपनि कक्षाकोठ बस्न नमिल्ने अवस्था भएकाले विद्यार्थीको मनोवल कमजोर भएको छ ।
भूकम्पले ४ सय २३ विद्यालय मध्य २ सय ८९ पुर्ण क्षति, ५ सय ९८ आंशिक, एक हजार ५सय ९९ कक्षाकोठामा क्षति पुगेको छ । जिल्लामा ७५ हजार ८ सय ५५ विद्यार्थी प्रभावित भएका छन् । बारेकोट गाँउपालिका–२ लिम्सा स्थित विरेन्द्र ऐश्वर्य माध्यामिक विद्यालयका शिक्षक चन्द्रबहादुर खडकाका अनुसार दशै र तिहार अघि १२ सय विद्यार्थी नियामित आउने गरेका थिए । एक हप्ता अघि विद्यालय सञ्चालन भएपनि एक सय जना विद्यार्थी विद्यालय आउने गरेको र विद्यालय केही भवन क्षतिग्रस्त भएकाले खुल्ला चौरमा बसेर फर्किने गरेका छन् ।
भूकम्पले विद्यालय पुर्ण क्षति भएपछि अस्थायी टहरा निर्माण नहुँदा विद्यार्थी विचल्लीमा परेको छन् । अस्थायी टहरा दिने प्रतिबद्धता गरेका दाताले सामाग्री नदिएपछि खुल्लाचौरमा पठनपाठन शुरु गरिएको छ । ४४ ओटा विद्यालयका ३ सय ७१ कक्षाकोठा पुर्ण क्षति भएको बारेकोट गाँउपालिका अध्यक्ष बीरबहादुर गिरीले बताउनु भयो । सबै विद्यालयले खुल्ला चौरमा पठनपाठन गाउदै आएका छन् । १ सय ७३ ओटा अस्थायी सिकाई केन्द्र निर्माण गर्नुपर्ने भएपनि हाल सम्म निर्माण गर्न सकिएको छैन् ।
नलगाड नगरपालिकामा ७१ ओटा सामुदायिक, तीन ओटा संस्थागत गरी जम्मा ७४ ओटा विद्यालय छन् । नलगाड नगरपालिकाका विभिन्न वडामा ५७ ओटा विद्यालय क्षतिग्रस्त भएको शिक्षा शाखा प्रमुख बलबीर बिकले जानकारी दिनुभयो । चार ओटा अस्थायी सिकाई केन्द्र निर्माण भएपनि नलगाड नगरपालिका–७ दल्ली स्थित त्रिभुवन माध्यामिक विद्यालयमा, वडा नम्वर १ चिउरीमा र पालिकाको अन्य विद्यालयमा अस्थायी सिकाई केन्द्रबाट पठनपाठन शुरु गरिएको छ । सुर्योदय माध्यामिक विद्यालय कैनको सिकाई केन्द्र निर्माणको तयारीमा रहेको प्रमुख बिकले बताउनुभयो । अस्थायी सिकाई केन्द्र नभएका विद्यालयमा टेन्ट र त्रिपालबाट पठनपानठलाई नियामित गरेको बताए । नलगाड नगरपालिका–१,३ र ६ का विद्यालय पुर्ण रुपमा क्षति भएका छन् ।
भेरी नगरपालिकाका शिक्षा शाखाका प्रमुख अमृत पुनका अनुसार ५६ ओटा विद्यालय मध्य १९ ओटा विद्यालयका ६३ ओटा कक्षाकोठा पुर्ण क्षति भएका छन् । भेरी नगरपालिका–१,२,३ र ४ का विद्यालयमा क्षति पुगेको छ भने अन्य विद्यालयमा आंशिक क्षति गरेको छ । अस्थायी सिकाई केन्द्र निर्माणको काममा लागेको उहाँले बताउनुभयो । एक हप्ता अघि विद्यालय सञ्चालन भएपनि मङुसिर १० गते देखि विद्यालय सञ्चालन भएका छन् । भूकम्पले त्रसित भएका बालबालिकाको मनोवल बढाउने, ज्ञान सिप क्षमता बढाउन र घुलमिल हुन शिक्षकलाई आग्रह गरेको शिक्षा शाखा प्रमुख पुनले बताउनुभयो ।
सदरमुका स्थित त्रिभुवन माध्यामिक विद्यालय जिल्ला विपद व्यवस्थापन समितिले राहत सामाग्री सङ्कलन केन्द्र बनाएपछि आज देखि विद्यालय सञ्चालनमा आएपनि अधिकाँश कोठा भाँडा लिएर बसेका विद्यार्थी कापी कलम लत्ता कपडा घर भत्किएर पुरिएपछि उपस्थित भएका छैनन् । पढाई भन्दा पनि विद्यार्थीको मनोवल बढाउनु आवश्यक रहेको सोही विद्यालयका शिक्षक हरिबहादुर बस्नेतले बताउनुभयो ।
भेरी नगरपालिका–४ स्थित भेरी प्राथमिक विद्यालयको प्राङ्गणमा सर्वसाधारणले टेन्ट तथा त्रिपाल लगाएर बसेपछि विद्यालय सञ्चालन हुन सकेको छैन । भूकम्प पीडितहरुले खुल्ला चौर नभएपछि विद्यालयको खुल्ला चौरमा टेन्ट र त्रिपाल लगाएर बसेका छन् । सरकार तथा दातृ निकायले विद्यालयलाई दिने प्रतिबद्धता गरेका अस्थायी सिकाई केन्द्र समयमा नदिँदा पठनपाठनमा समस्या परेको छ । घरमा बस्ने कोठा र विद्यालयमा पढ्नका लागी कक्षाकोठा नपाएपछि विद्यार्थी विचल्लीमा परेका छन् ।







