माछा मार्नका लागि करेन्ट लगाउने क्रममा एक दम्पतीको हिजो सोमबार दिउँसो चार बजे मृत्यु भएको हो । पोखरा वडा नं. २९ पटनेरीस्थित डेरा गरी बस्ने ४६ बर्षीय भीमलाल सुनार र सावित्री सुनार (४६बर्षीय)लाई तत्कालै उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
ईलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरीले टोलीले मुस्ताङ जिल्ला जोमसोम घर भई हाल पटनेरीमा डेरा गरी बस्ने ४६ बर्षीय भीमलाल सुनार र सावित्री सुनार (४६ बर्षीय)लाई तत्कालै उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेका थिए ।







