• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

चिसोको कारण विभिन्न स्थानमा सात जना भूकम्प प्रभावितको मृत्य

"बारेकोट गाँउपालिका–४ जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिह, वडा नम्वर १ रामीडाँडाका ७० वर्षीय डुमे पुनको मङ्सिर १ गते मृत्यु भएकोे छ । "

  •    अभियान हाम्रो/ सोमबार, मङि्सर ०४, २०८०  

  • चिसोको कारण जिल्लाको विभिन्न स्थानमा सात जना भूकम्प प्रभावितको मृत्यु भएको छ । भूकम्पपछि त्रिपालमुनिको बासले दिर्घरोगी र ज्येष्ठ नागरिकको चिसोले मृत्यु भएको त्यसैगरी भेरी नगरपालिका–२ का ८० वर्षीय धुलेश्वर कार्की, नलगाड  हो ।

    बारेकोट गाँउपालिका–४ जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिह, वडा नम्वर १ रामीडाँडाका ७० वर्षीय डुमे पुनको मङ्सिर १ गते मृत्यु भएकोे छ ।नगरपालिका–४ लहँका ७० वर्षीय गोपालबहादुर रावल, सोहि वडाकी ४७ वर्षीया पम्फा रावल, छेडागाड नगरपालिका–१३ की ५६ वर्षीया मनसरी कामी र जुनीचाँदे गाँउपालिका–४ लुहादहकी ८९ वर्षीय सुगिली नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएस्पी सन्तोष रोकाले बताउनु भयो ।

    त्रिपालमुनिको बसार्ई तथा दिर्घरोगले ग्रसित नागरिकको मृत्यु भएको छ । स्वास्थ्य समस्या आएपछि चिसो छल्ने न्यानो कपडा तथा बास नपाएपछि मृत्यु भएको छ ।े भूकम्प पीडित नागरिक पखाला, रुघाखोकी, ज्वरोका बिरामी दैनिक ५० भन्दा बढी स्वास्थ्य संस्थामा आउने गरेको बारेकोट गाँउपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताउनु भयो । भूकम्प पीडितले समयमा नाना र खाना नपाउनु शित, चिसो छल्ने कपडा प्रर्याप्त नपाउँदा फोक्सो मुटु, दमका दिर्घरोगी समस्यामा परेका छन् । नियामित औषधि प्रयोग गर्ने नागरिकको घरमै औषधि पुरिएपछि नियमित औषधि खाना पाएका छैनन् ।

    चिसोले लेकाली भेगका नागरिक थला परेका छन् । नलगाड नगरपालिका–४ का वडा अध्यक्ष बद्री पन्तले राहतको भरमा दिन रात विताएका नागरिक त्रिपालमुनीको बसाई चिसो, शितका कारण बिरामी पर्न थालेका छन् । जिल्लाबाट प्राप्त राहत सामाग्री परिवारलाई एक थानका दरले वितरण गरेपनि चिसो छेक्न नसकेका कारण बिरामी पर्ने थालेको वडा अध्यक्ष पन्तको भनाइ छ ।

    भूकम्पले क्षतिग्रस्त भएका घरका नागरिक रुघाखोकी ज्वरो, पखालाका कारण स्वास्थ्य समस्या भएका छन् । सबै भन्दा बढी धनजनको क्षति भएको नलगाड नगरपालिकाका अधिकाँश पीडितले स्वास्थ्य समस्या देखिने गरेको स्वास्थ्य शाखाका इन्चार्ज प्रचण्ड कार्कीले बताउनुभयो । सित र जाडो छल्ने प्रयाप्त लत्ता कपडा नहुदाँ त्रिपालबाट शित चुहिने चिसो मौसम अत्याधिक जाडो आगोको भरमा दिनरात बिताउन बाध्य भएपछि स्वास्थ्य समस्या बढेको छ ।

    गर्भवती सुत्केरी जेष्ठ नागरिक, बालबालिका, निमोनिया, दम, मुटुका रोगीलाई असर गरेको छ । आगो बालेर ताप्ने बाहेक अन्य कुनै विकल्प छैन । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–३ का नरेश शाहले बताउनुभयो । उहाँका अनुसार आफूभन्दा पनि छोराछोरी बिरामी पर्छन की भन्ने चिन्ताले सताउने गरेको भनाइ छ ।

    भेरी नगरपालिका–१ रावतगाँउ ठुलो धनजनको क्षति गरेको छ । शित र जाडो छल्ने कपडा नहुदाँ नागरिकहरुलाई स्वास्थ्य समस्या देखिन थालेको भेरी नगरपालिका–१ का दिपक नेपाली बादीले जानकारी दिनुभयो । त्रिपालमुनि राहत पाएको एक थान सामानले सबै परिवारलाई पुग्ने अवस्था नभएपछि आगो बाल्नुको विकल्प नभएको उहाँले बताउनुभयो

    श्रम र ज्यालामदुरीबाट दैनिकी चलाएका नागरिकलाई विनाशकारी भूकम्पले थिलोथिलो बनाएको छ । अधिकाँश स्थानमा खेती लगाएको जमिनमा त्रिपाल लगाएर बस्ने गरेपछि गहुँ चना, मसुरो लगाएतका हिउदै बाली नोक्सान भएका छन् । बेलैमा सरकारले गाँस बास कपासको व्यवस्था नगरेपछि धेरै क्षति हुने सम्भावना बढेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.