रामीडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते मध्यरातीमा गएको विनाशकारी भूकम्पमा परी २८ बालक र २२ बालबालिकाको मृत्यु भएको छ । भूकम्पमा परी ३५ महिला र १६ जना पुरुष गरी जम्मा एक सय एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले जानकारी दिनुभयो।
भूकम्पबाट भेरी नगरपालिका र नलगाड नगरपालिकाका सर्वसाधारणले ज्यान गुमाएका छन् । भुकम्पले क्षति पुर्याएपछि बालबालिका, जेष्ठ नागरिक, सुत्केरी गर्भवती महिला समस्यामा परेका छन् । भविष्यमा देश बनाउने सपना बोकेका बालबालिका सेकेन्डमै विलिन भएको छ । मानवीय क्षति बेहोरेको जाजरकोट शोक मग्न भएको छ । जता ततै भग्नावशेष देखिन्छन् करिब २ सय २५ बर्ष पुरानो जाजरकोट दरवार क्षतिग्रस्त भएको छ । माटो ढुङ्गा कलात्मक झयाल ढोकाले सुन्दर भवन पूर्णरुपमा भग्नावशेषमा परिणत भएका छन् । भूकम्पको ताण्डबले भेरी नगरपालिका नलगाड नगरपालिका कुशे गाँउपालिका, छेडागाड नगरपालिकामा जनधनको क्षति भएको छ ।
भूकम्पकले क्षतिग्रस्त भग्नावशेष उत्खन्नमा ढिलाइ भएपछि सामाग्री चोरी हुन्छ की भन्ने त्रास बढेको छ । भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषको नेपाल प्रहरी, सशस्त्र प्रहरीले संरक्षण गरेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी तथा प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले बताउनु भयो । दलित बस्तीको बाहुल्यता भएको नलगाड नगरपालिका–१ चिउरीका नागारिकले धनजनको क्षति भएका छन् । यसै गरी रामीडाँडा केन्द्रबिन्दु भएर दोस्रोपटक आएकोे भूकम्पमा परी कात्तिक २० गते आएको पराकम्पले ६ जना घाइते र तीन घर भत्किएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी इन्स्पेक्टर माधव विश्वकर्माले जानकारी दिनुभयो ।







