• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा महानगरपालिकाद्वारा भुकम्प प्रभावितका लागि ५० लाख सहयोग


  •    संवाददाता/ आइतबार, कार्तिक १९, २०८०  

  • पोखरा महानगरपालिकाले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका लागि रु.५० लाख बराबरको सहायता घोषणा गरेको छ । महानगरका प्रमुख धनराज आचार्यले प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि यस्तो घोषणा गर्नुभएको हो ।

    “जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा भूकम्पका कारण ठुलो जनधनको क्षति पुगेको छ, प्रमुख आचार्यले भन्नुभयो, यो दुःख केवल पीडित र प्रभावित क्षेत्रको मात्र रहेन, यो विपद्ले हामीलाई पनि मर्माहत बनाएको छ, यस घडीमा पोखरा महानगरपालिकाको तर्फबाट राहत, उद्धार र प्रभावितहरूको पुनर्स्थापनाका लागि रु.५० लाख बराबरको सहायता घोषणा गर्दछु ।” प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि सहयोग गर्न प्रमुख आचार्यले आह्वान समेत गर्नुभयो ।

    उहाँका अनुसार सहायता रकम महानगरका नगरप्रमुख, उपप्रमुख लगायत वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी व्यवस्थापन गरिने छ । साथै महानगरका नगर सभा सदस्य तथा कर्मचारीहरूले स्वैच्छिक सहयोग उपलब्ध गराउन सक्नेछन् भने, अपुग रकम महानगरपालिकाको विपद्कोबाट व्यवस्थापन गरिनेछ ।

    उहाँका अनुसार पहिलो चरणको सहायता सामाग्री बोकेको ट्रक सहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगर प्रहरीको उद्धार टोली शनिवार साँझ त्यसतर्फ प्रस्थान गरेको छ । पोखरा महानगरपालिका वडा नं.१ का वडा अध्यक्ष साहारा प्रधान र वडा नं.७ का वडा अध्यक्ष राम मोहन आचार्य नेतृत्वको टोलीमा महानगरको जनस्वास्थ्य अधिकृत फूलदेव तिमिल्सीना, मेडिकल अधिकृत डा.तिलकमान सिंह भण्डारी, जनस्वास्थ्य निरीक्षकहरू लोकराज आचार्य र धर्मराज चौलागाई र सिनियर अहेव कुश्मराज सुवेदी रहनु भएको छ ।

    यस्तै नगर प्रहरी नायव निरीक्षक सन्त बहादुर के.सीको नेतृत्वमा नगर प्रहरी जवानहरू रामचन्द्र वि.क, भुवन थापा, कमल परियार, गणेश पौडेल, टिका प्रसाद रिमाल, गङ्गाप्रसाद आचार्य र नर बहादुर गायक उद्धारका कार्यका लागि त्यस तर्फ प्रस्थान गर्नुभएको छ । टोलीमा सञ्चारकर्मी विश्व सुवेदी र सरोज अधिकारी पनि सहभागी हुनुहुन्छ । टोलीलाई महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ, प्रवक्ता मोतीराज तिम्सिना, र निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्य लगायतले बिदाइ गर्नुभयो । उपप्रमुख गुरुङले टोलीलाई जिम्मेवार पूर्वक प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा खट्न निर्देशन दिनुभयो ।

    उद्धारका लागि आवश्यक सामाग्रीहरू लिएर गएको टोलीले स्थानीय अधिकारीहरूको समन्वयमा प्राथमिक उपचार सहित उद्धार र राहत व्यवस्थापनका कार्यहरू गर्नेछ । पहिलो चरणको राहत सामाग्रीमा लत्ताकपडा, ब्ल्याङ्केट, त्रिपाल र खाद्य सामाग्रीहरू लगायत पठाइएको महानगर पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.