• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जातीय विभेद अन्त्य गर्न जरुरी छः सरोकारवाला

"जातीय विभेद कानुनी रुपमा दण्डनीय र समाजिक रुपमा अमानविय भए पनि समाजमा जातीय विभेद कायमै रहेकोले यसको अन्त्य हुनु पर्ने जिल्लास्थित सरोकारवालाहरुले बताउनु भएको छ । "

  •    अभियान हाम्रो/ बिहिबार, कार्तिक १६, २०८०  

  • जातीय विभेद कानुनी रुपमा दण्डनीय र समाजिक रुपमा अमानविय भए पनि समाजमा जातीय विभेद कायमै रहेकोले यसको अन्त्य हुनु पर्ने जिल्लास्थित सरोकारवालाहरुले बताउनु भएको छ ।

    राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० कार्तिक १५ गते बैतडीमा आयोजना गरेको जिल्लास्थित मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि तथा सरोकारवालाहरुले जातीय विभेदको अन्त्य हुनु पर्ने बताउनुभएको हो ।

    नागरिक समाजका सचिव एवं अधिकारकर्मी कर्ण दयालले सार्वजनिक तथा धार्मिक स्थलहरुमा समेत प्रत्येक्ष रुपमा जातीय तथा लैङ्गिक विभेद हुने गरेको बताउनु भयो ।

    उहाँले भन्नु भयो– ‘केही मात्रामा विभेदको रुप फेरिएको हो । विभेद घटेको छैन् । विवाह वा कुनै शुभकार्य गर्दा गैरदलितहरुलाई मात्रै बोलाउने गरको र दलित समुदायका व्यक्तिहरुलाई सहभागि गराइदैन् ।  दलित समुदायलाई हेर्ने नजर अहिले पनि फेरिएको छैन् ।’

    कार्यक्रममा सहभागि तथा अधिकारकर्मी सरस्वती नेपालीले समाज रुपान्तरणका लागि जातीय विभेदको अन्त्य हुन जरुरी रहेको धारण राख्नु भयो ।

    उहाँले भन्नु भयो– ‘हामी अधिकारकर्मीहरु समेत बेलाबखत जातीय विभेद भोगिरहेका छौँ । सार्वजनिक स्थानमा समेत जातीय विभेदका घटना हुने गरेका छन् ।’

    अधिकारकर्मी बलभद्र दयालले दलित तथा हलियाका मुद्दाहरुमा सरकार जिम्मेवार नभएको गुनासो गर्नु भयो ।

    उहाँले भन्नु भयो ‘जहाँ भिरालो जमीन छ, जहाँ प्राकृतिक विपत्ती आउने खतरा हुन्छ त्यहाँ मात्र दलितहरुलाई बस्ने ठाउँ छ । जनता आवस र हलिया पुनर्स्थापना जस्ता कार्यक्रममा समेत वास्तविक पीडितहरु सहभागि भएका छैनन् ।’

    जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र धामीले स्थानीय तहले बनाउने बजेट पटक्कै समावेशी नभएको बताउनु भयो ।

    उहाँले भन्नु भयो– ‘समन्वय समितिलाई अनुगमन गर्ने भनिएको छ । तर, गाडीमा तेल हालि दिन स्थानीय तहको भर पर्नु पर्दछ । यसरी गरेको अनुगमन के प्रभावकारी होला ?, पारदर्शिताको कमी छ ।  मन्दीर, धारा, कुवाँ मात्रै नभई मसानघाटमा समेत जातीय विभेद हुने गरेको छ ।’

    प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले मानव अधिकार उल्लङ्घन गर्ने जो कोहिलाई कारबाही गर्ने बताउनु भयो । केहि घटनाहरु वास्तवीकता भन्दा फरक ढङ्गले समेत आउने भएकाले सत्यतथ्य बुझेर कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । बालविवाहका मुद्दाहरु बलात्कारका रुपमा दर्ता हुने गरेको उहाँले बताउनु भयो ।

    राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हरि ज्ञवालीले स्थानीय तहका योजनालाई जिल्ला समन्वय समितिले मानव अधिकार कार्य योजना अनुसार अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो– ‘सहभागिहरुले भने अनुसार अप्रत्येक्ष रुपमा जातीय विभेद विद्यमान रहेको सन्र्दभमा यसको अन्त्यका लागि सबै क्षेत्रबाट पहल हुन आवश्यक छ ।’

    कार्यक्रमा इन्सेक बैतडी प्रतिनिधि नरी बडुले जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा कार्य–पत्र प्रस्तुत गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.