कास्कीकाे पोखरा महानगरपालिका-१९ लामाचौर हवल्दार चौताराबाट स्रोत नखुलेको नगद ९ लाख ९५ हजार नेपाली रुपैयाँ र ४७ हजार ५ सय भारतीय रूपैयाँसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाेखरा-१९ गैराबारी बस्ने पर्वतकाे जलजला गाउँपालिका-६ सालिजा घर भएका ३२ वर्षीय धन बहादुर पुर्जा मगर रहेकाे प्रहरीले जनाएकाे छ ।
उनलाई बिहीबार बिहान सीआरभी लामाचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको हाे । घटनाबारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएकाे छ । फाइल तस्वीर ।








