• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दसैंको मुखमा प्रशासकीय अधिकृतलाई मन्त्री सचिवालयको फोन– भेटघाट गर्ने कि सरुवा जाने?


  •    संवाददाता/ बुधबार, असोज २४, २०८०  

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मधेसी दलको भागबन्डामा परेदेखि सरुवा आतंकले कर्मचारी बिचल्लीमा परेका छन्। स्थानीय निकायका प्रशासन प्रमुख बनेर आएका गाउँपालिका, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको एक महिना नपुग्दै हुने अर्को सरुवाले जनप्रतिनिलाई काम गर्न कठिनाइ भएको छ।

    चाडपर्वको मुखमा आएर झनै संघीय मन्त्रीको सचिवालयले गरेको फोनले कर्मचारीलाई आतंकित बनाएको छ। संघीय सरकारको भागबन्डामा परेको जनमत पार्टीले खासगरी अहिले मधेश प्रदेशका निजामती कर्मचारीलाई सरुवाको धाकधम्की दिएको स्रोतले जनाएको छ।

    चाडपर्व नजिकिँदै गर्दा जनमत पार्टीका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीको सचिवालयबाट बारा, पर्सा, रौतहटसहित मधेश प्रदेशका कर्मचारी सरुवा गरिदिने बार्गेनिङ बढ्न थालेको छ।

    स्रोतका अनुसार अहिले पर्साका सबै प्रशासकीय अधिकृतलाई काठमाडौं जान उर्दी जारी गरिएको छ। मन्त्रीको सचिवालयबाट अधिकांश प्रशासकीय अधिकृतलाई फोन गरेर काठमाडौं बोलाइएको हो।

    मन्त्रीज्यू अथवा सचिवालयसँग भेटघाट गर्नुपर्ने फोन आएको छ,’ एक प्रमुख प्रशासकीय अधिकृतले भन्नुभयो, ‘मन्त्रीजीको सचिवालबाट आएको फोनमा छिटो आएर मन्त्रीजीलाई भेटनुस् भनिएको छ। भेटघाट पनि समान्य होइन, पशुपतिनाथको दर्शन गर्न जाँदा बाजेलाई भेटेर विशेष पूजा गर्नुजस्तैै हो।’

    ‘सम्पर्क माध्यमअनुसार चढाउने त भेटी नै हो। भेटघाट त बहाना मात्र हो,’ उहाँले भन्नुभयो।

    पश्चिमी मधेसका रूपमा रहेका बारा, पर्सा र रौतहटमा जनमत पार्टी कमजोर छ। स्थानीय निकायमा जनमत पार्टीको प्रतिनिधित्व नभएर पनि प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने क्रम बढेको हो। दशैँलाई मध्यनजर गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले सरुवाका लागि पर्साका प्रमुख प्रशासकीय अधिकृतको सूची बनेको छ। यो थाहा पाएपछि प्रशासकीय अधिकृतहरूको होस उडेको छ।

    यसबारेमा प्रतिक्रिया लिन खोज्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका स्वकीय सचिव नवरत्न साहले प्रतिक्रिया दिन चाहनुभएन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.