• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

डेङ्गी सङ्क्रमण नियन्त्रणमा


  •    संवाददाता/ मङ्गलबार, असोज २३, २०८०  

  • डेङ्गी भाइरसको सङ्क्रमण कम हुँदै गएको छ। अङग्रेजी महिनामा अगस्त (साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेङ्गु सङ्क्रमण सेप्टेम्बर महिना (भदौ १५ देखि असोज १३ गतेसम्म)मा घटेको पाइएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले स्थानीय तहले सजकता अपनाउँदा र लार्भा खोज र नष्ट गर अभियान सञ्चालन हुँदा सङ्क्रमण फैलिन नपाएको बताए।

    “हामीले भदौ र असोजमा डेङ्गी सङ्क्रमण बढ्ने प्रक्षेपण गरेका थियौं”, उनले भने, “स्थानीय तह र सर्वसाधारणले लामखुट्टेका लार्भा नियन्त्रणमा खेलेको भूमिकाले गर्दा सङ्क्रमण बढ्न पाएन।” सुनसरी जिल्लाबाहेक अन्य जिल्लामा डेङ्गी नियन्त्रणमा रहेको उनको भनाइ छ। यस वर्ष अहिलेसम्म ३५ हजार दुई सय २३ जना डेङ्गी सङ्क्रमणबाट बिरामी भएका छन्। ७६ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिँदा २० जनाको ज्यान गएको छ।

    सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो। गत अगस्तमा १३ हजार आठ सय ४० सङ्क्रमण देखिएकामा सेप्टेम्बरमा ११ हजार पाँच सय ६६ सङ्क्रमण देखिएका छन। गत वर्ष सन् २०२२ मा अगस्टमा तीन हजार सात सय आठ र सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियाे।

    पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भई टोकेपछि डेङ्गी रोग लाग्ने गर्दछ। महाशाखाले भदौ र असोजमा डेङ्गी सङ्क्रमण बढ्ने प्रक्षेपण गरेको थियो। तर सतर्कता अपनाउँदा सोअनुसार बढ्न नपाएको महाशाखाले जनाएको छ।

    सुनसरीमा मात्र १६ हजारभन्दा बढी सङ्क्रमित

    सङ्क्रमण देखिएकामध्ये जिल्लामा सुनसरीमा अगाडि देखिएको छ। महाशाखाका अनुसार सुनसरीमा १६ हजार ८० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ। झापा तीन हजार पाँच सय ६२, धादिङमा तीन हजार एक सय २३, तनहुँमा तीन हजार एक सय २१ जना मोरङमा दुई हजार दुई सय ७३, कास्की सात सय ७२, काठमाडौँमा सात सय ६४, सङ्खुवासभामा पाँच सय २६, कैलाली चार सय ८० र धनकुटामा चार सय ४५ जनामा सङ्क्रमण देखिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.