आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक राष्ट्रिय शोकका कारण स्थगित गरिएको छ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक यही असोज २६ गते शुक्रबार बिहान साढे ११ बजे बस्ने अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्धारण गरेको संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइको छ।
इजरायलमा मारिएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाल सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको छ।








