• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद प्यानलसहित विजयी


  •    संवाददाता/ मङ्गलबार, असोज २३, २०८०  

  • बुटवल उद्योग वाणिज्य संघमा ७० वर्षको विरासतको अन्त्य गर्दै संस्थापनको विपक्षका उम्मेदवार प्यानलसहित विजयी भएका छन्।

    मंगलबार बिहान सम्पन्न मतगणनामा संस्थापन पक्षका अध्यक्षका उम्मेदवार दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछि पार्दै हरिप्रसाद अर्याल निर्वाचित हुनुभएको हो।

    संघको ७०औं वार्षिक साधारणसभा तथा २५औं अधिवेशनअन्तर्गत सोमबार सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा ८७ मतले अर्याल निर्वाचित हुनुभएको हो।

    अध्यक्षमा निर्वाचित अर्यालले ७७६ मत प्राप्त गर्नुभएको छ भने अर्का प्रत्यासी दिनेशप्रसाद श्रेष्ठले ६८९ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी गराउनुभयो।

    संघको निर्वाचनमा १ हजार ७७८ सदस्य मतदाता रहेकामा १ हजार ५०६ मत खसेको थियो। सोमबार सम्पन्न निर्वाचनको मंगलबार बिहान मत परिणाम सार्वजनिक भएको थियो।

    संघको वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष पदमा भने निर्विरोध चयन भएको छ। वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ।

    त्यस्तै, उद्योग उपाध्यक्ष पदमा ७७८ मत सहित सुरज भट्टराई निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी नवीनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गर्नुभयो। महासचिव पदमा ७६० मतसहित मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष पदमा ८०९ मत सहित वसन्तप्रसाद ढकाल, सचिवमा ७२३ मतसहित प्रतीक पोखरेल र सहकोषाध्यक्षमा ८३० मतसहित धनकुमारी खनाल (सविता) निर्वाचित हुनुभएको छ।

    त्यसैगरी एक एसोसियट सदस्य पदमा ७५१ मत सहित बालकृष्ण पौडेल निर्वाचित हुनुभएको छ।चार उद्योग सदस्य पदमा दीपकप्रसाद चापागाईं, निर्मित कसजू, सुनिता शर्मा बन्जाडे र कृष्णप्रसाद पाण्डे, चार वाणिज्य सदस्यमा गणेशप्रसाद भट्टराई, काशीराम शर्मा पौडेल, रामबहादुर भण्डारी र टिकाराम बन्जाडे निर्वाचित हुनुभएको छ।

    त्यसैगरी सात खुल्ला सदस्य पदमा विष्णु (कमला) घिमिरे पन्त, विष्णुप्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली र उमेश अमात्य तथा दुई महिला सदस्य पदमा जमुना पौडेल र रेनु श्रेष्ठ निर्वाचित हुनुभएको छ।

    बुटवल उद्योग वाणिज्य संघको ७० वर्षको इतिहासमा संस्थापनको विपक्षमा उम्मेदवारी दिएर प्यानलसहित विजयी भएको यो नै पहिलो परिणाम हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.