• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ ३०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हरेक कुनाकन्दरामा सम्भावना छन्, तिनलाई अवसरमा बदलौं : अध्यक्ष ढकाल


  •    संवाददाता/ आइतबार, असोज २१, २०८०  

  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निराशालाई आशामा बदल्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ।

    उहाँले मुलुकको खस्किँदो अर्थतन्त्रका कारण पछिल्लो समय उद्योगी व्यवसायीमा निराशा उत्पन्न भएको बताउँदै देशभित्रै देखिएका सम्भावनालाई अवसरमा बदल्न पनि आग्रह गर्नुभयो।

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७०औं वार्षिक साधारणसभा तथा २५औं अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालमा प्रशस्त सम्भावना रहेको र ती सम्भावनालाई अवसरमा बदल्न आग्रह गर्नुभएको हो।

    ‘मैले त जताततै सम्भावना मात्रै देखेको छु। हरेक पहाडका डाँडामा सम्भावना देखेको छु, कुना कन्दरामा सम्भावना देखेको छु,’ उहाँले भन्नुभयो, ‘यी सम्भावनालाई अवसरमा बदलौं। विदेश जाने प्रवृत्ति बढेको छ, त्यसलाई निरुत्साहित गरौं।’

    ढकालले आफूले शून्यबाट सुरु गरेर व्यावसायिक घरानाको नेतृत्व गरेको बताउँदै सम्भावनाको पहिचान गर्न नसक्दा नयाँ अवसर सिर्जना गर्न नसकिएको भनाइ राख्नुभयो।

    आफ्नै नेतृत्वमा ट्रंक लाइन समस्या समाधानको पहल भइरहेको जानकारी गराउँदै ढकालले वैश्विक मन्दीका कारण नेपालमा पनि समस्या देखिएकाले अर्थतन्त्र विस्तारै लयमा फर्किने विश्वास व्यक्त गर्नुभयो।

    बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको विकासका लागि बुटवल उपमहानगरपालिका बुटवल उद्योग वाणिज्य संघसहित निजी क्षेत्रसँग सहकार्य गर्न चाहेको बताउनुभयो।

    त्यस्तै मोतीपुर औद्योगिक क्षेत्र निर्माणको कामलाई अगाडि बढाउन सबै मिलेर काम गर्नुपर्ने भन्दै उक्त औद्योगिक क्षेत्र निर्माण हुन सकेमा कम्तीमा पनि २ सय उद्योग स्थापना गर्न सकिने बताउनुभयो। ‘जतिसक्दो चाँडो यो काम गर्न सकियो भने बुटवलबाट औद्योगिक विकासको राम्रो सन्देश प्रवाह गर्न सकिन्छ,’ उहाँको भनाइ थियो।

    कार्यक्रमकै अवसर पारी बुटवल उद्योग वाणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार पत्रकार सञ्जु पौडेललाई प्रदान गरेको छ। पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.