• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेदरल्याण्डस् विरुद्धको जीतमा पाकिस्तानको औसत प्रदर्शन


  •    संवाददाता/ शनिबार, असोज २०, २०८०  

  • नेदरल्याण्डस्‌लाई ८१ रनले पराजित गर्दै पाकिस्तानले विश्वकप २०२३ को सुखद सुरुवात गरेको छ । तर डच टोलीविरुद्ध प्राप्त जीतमा पाकिस्तानको प्रदर्शन भने औसत भन्दा माथि रहन सकेन । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९ ओभरमा अलआउट हुनु अघि २८६ रनको सम्मानजनक योगफल तयार गर्‍यो । जवाफमा नेदरल्याण्डस् मात्र ४१ ओभरमा २०५ रनमा अलआउट हुन पुग्यो । नेदरल्याण्डस्‌का बास डे लेडेले बलिङ र ब्याटिङ दुवैमा शानदार प्रदर्शन गरे पनि पाकिस्तानविरुद्ध विजय हात पार्न भने उनको टोली असफल रह्यो ।

    संक्षिप्त स्कोर बोर्ड :

    स्थान : राजीव गान्धी इन्टरनेशनल स्टेडियम, उप्पल, हैदरावाद (म्याच नं.२)
    टस : नेदरल्याण्डस्, बलिङ गर्ने निर्णय

    पाकिस्तान : २८६ (४९.० ओभर)
    साउद शकिल– ६८ (५२)

    मोहम्मद रिजवान– ६८ (७५)

    मोहम्मद नवाज– ३९ (४३)

    बास डे लेडे– ९–०–६२–४

    कोलिन एकरम्यान– ८–१–३९–२

    नेदरल्याण्डस् : २०५ (४१.० ओभर)
    बास डे लेडे– ६७ (६८)

    विक्रम जीत सिंह– ५२ (६७)

    लोगान भान विक– २८ (२८)

    ह्यारिस रउफ– ९–०–४३–३

    हसन अली– ७–१–३३–२

    पाकिस्तान ८१ रनले विजयी
    पाकिस्तानको औसत प्रदर्शन

    २०११ पछि पहिलो पटक विश्वकपमा स्थान बनाउन सफल एशोसिएटस् टोली नेदरल्याण्डस्‌विरुद्ध पाकिस्तानको प्रदर्शन औसत रह्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले नेदरल्याण्डस्‌विरुद्ध सोचेअनुरूप ब्याटिङ त गर्न सकेन नै, टोलीको बलिङ समेत उसको स्तरअनुरूपको देखिएन । पाकिस्तानको सुरुवात नै खराब रह्यो । प्रारम्भिक ब्याटर फाखर जमान केवल १२ रन बनाएर भान विकको बलमा कट एन्ड बोल्ड हुन पुगे भने अर्का ओपनर इमाम उल हक पनि केवल १५ रन बनाउँदै भान मेकेरनको बलमा क्याच आउट भए । दोस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान बाबर आजम समेत केवल ५ रनमा आउट भएपछि पाकिस्तान ८.३ ओभरमा ३८–३ को दयनीय अवस्थामा पुगेको थियो ।

    विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान र युवा ब्याटर साउद सकिई दुवैले अर्ध शतक पूरा गर्दै चौथो विकेटका लागि १२० रनको साझेदारी गरेपछि मात्र पाकिस्तानको अवस्थामा सुधार आएको थियो । आक्रामक ब्याटिङ गरेको सकिलले ५२ बलको सामना गर्दै ९ चौका र १ छक्काको सहयोगमा आकर्षक ६८ रन बनाए भने रिजवानले १०५ बलमा ८ चौकासहित ६८ रन प्रहार गरे । मध्य क्रममा मोहम्मद नवाजले ३९ रन र सादाव खानले ३२ रनको उपयोगी पारी खेल्दै सातौँ विकेटका लागि ६४ रनको महत्त्वपूर्ण साझेदारी निभाएपछि मात्र पाकिस्तान सम्मानजनक योगफलतर्फ बढेको थियो । इनिङको अन्त्यमा ह्यारिस उरफले १६ रन र शाहिन शाह अफ्रिदीले अविजित १२ रन बनाए पनि पाकिस्तानी टोली नेदरल्याण्डस् विरुद्ध पूरा ५० ओभर पनि टिक्न सकेन र ४९ ओभरमै अलआउट हुन पुग्यो ।

    बास डे लेडेको अलराउण्ड प्रदर्शन

    नेदरल्याण्डस्‌का खेलाडी बास डे लेडे ब्याटिङ र बलिङ दुवैमा चम्किए पनि टोलीको हार टार्न भने त्यो पर्याप्त रहेन । पाकिस्तानलाई २८६ रनमा अलआउट गर्ने क्रममा डे लेडेले ९ ओभर बलिङ गर्दै ६२ रन खर्चिएर ४ विकेट लिए । उनले मोहम्मद रिजवान, इफ्त्तिखार अहमद, सादाव खान र हसन अलीलाई पेवेलियनको बाटो देखाए । बलिङमा टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका डे लेडेले ब्याटिङतर्फ पनि नेदरल्याण्डस्‌का लागि सबैभन्दा धेरै रनको योगदान दिए । डे लेडेले ६८ बलको सामना गर्दै ६ चौका र २ छक्का हानेर ६७ रन बनाए । डे लेडेसँगै टोलीका प्रारम्भिक ब्याटर विक्रम जीत सिंहले पनि डच टोलीका लागि अर्धशतकीय इनिङ खेले । विक्रमजीतले ६७ बलमा ५२ रन बनाए जसमा ४ चौका र १ छक्का सामेल छ । यी दुईबाहेक अन्य कुनै ब्याटरले नेदरल्याण्डस्‌का लागि गतिलो प्रदर्शन गर्न नसकेपछि टोली ४१ ओभरमा २०५ रन बनाउँदै अलआउट हुन पुगेको थियो । इनिङको अन्त्यतिर नेदरल्याण्डस्‌का लोगान भान विकले २८ बलमा २८ रन बनाए पनि टोलीको हार टार्न त्यो पर्याप्त भएन ।

    पाकिस्तानका ह्यारिस रउफले ३ र हसन अलीले २ विकेट हात पारे भने शाहिन शाह अफ्रिदी, शादाव खान, इफ्त्तिखार अहमद र मोहम्मद नवाजका नाममा १–१ विकेट रह्यो ।

    शनिवार विश्वकपका दुई खेलहरू खेलिनेछन् जसमा अफगानिस्तानविरुद्ध बङ्गलादेशको खेल हिमाञ्चल प्रदेशको धर्मशाला क्रिकेट मैदानमा र दक्षिण अफ्रिका र श्रीलङ्का बीचको खेल दिल्लीको फिरोजशाह कोटाला मैदानमा आयोजना गरिनेछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.