• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विश्वकप क्रिकेटमा न्युजिल्याण्डको विजयी सुरुवात


  •    संवाददाता/ शुक्रबार, असोज १९, २०८०  

  • भारतमा बिहीबारबाट सुरु भएको एक दिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ। साबिक विजेता इंग्ल्याण्डमाथि ९ विकेटको सहज जीत हात पार्दै न्युजिल्याण्डले २०१९ विश्वकप फाइनलमा भोगेको हारको बदला समेत लिएको छ। इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्यलाई न्युजिल्याण्डले मात्र ३६.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्दै विश्वकपको सुखद सुरुवात गरेको हो।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २८२ रनको सम्मानजनक स्कोर तयार पारेको थियो। इंग्ल्याण्डका लागि पूर्व कप्तान जोए रुटले सर्वाधिक ७७ रनको योगदान दिए। ४१.१ ओभरमा ग्लेन फिलिप्सको बलमा बोल्ड हुनु अघि ८६ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे। त्यसबाहेक कप्तान जोस बट्लरले २–२ चौका र छक्का हानेर ४३ रन बनाए भने प्रारम्भिक ब्याटर जोनी बेयरेस्टोको ब्याटबाट ३३ रन निस्कियो। मध्य क्रममा ह्यारी बुरकले १६ बलमै २५ रन बनाए पनि त्यसलाई ठुलो स्कोरमा परिणत गर्न भने उनी पनि असफल भए। न्युजिल्याण्डका लागि तीव्र गतिका बलर म्याट हेनरीले २ विकेट लिए भने स्पिनर मिचेल सेन्टनर र ग्लेन फिलिप्सका नाममा २–२ विकेट रह्यो। ट्रेन्ट बोल्ट र रचिन रवीन्द्रले पनि १–१ विकेट लिन सफल रहे।

    प्रत्युत्तरमा २८२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डका लागि दुई युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे र यस क्रममा केही कीर्तिमान पनि आफ्नो नाम गराए। इनिङको दोस्रो ओभरको पहिलो बलमै न्युजिल्याण्डका एक ओपनर विल यङ गोल्डेन डक आउट भएपछि अर्का ओपनर डेभोन कन्वेले रचिन रवीन्द्रसँग मिलेर टोलीलाई सहज जितसम्म डोर्‍याए। डेवन कन्वेले १५२ रनको शानदार पारी खेले भने उनलाई १२३ रन बनाएर रवीन्द्रले दरिलो साथ दिए। यस क्रममा यी दुईको जोडीले दोस्रो विकेटका लागि २७३ रनको साझेदारी गर्दै नयाँ कीर्तिमान बनाए। सन् १९९६ मा अष्ट्रेलियाविरुद्ध ली जेर्मन र क्रिस ह्यारिसले गरेको १६८ रनको कीर्तिमानलाई भङ्ग गर्दै उनीहरूले यो उपलब्धि हासिल गरेका हुन्।

    कन्वेले १२१ बलको सामना गर्दै १९ चौका र ३ छक्काको सहयोगमा १५० रनको आँकडा पूरा गरे। उनले केवल ८३ बलमा शतक पूरा गरे। तर उनीभन्दा एक कदम अघि बढ्दै रचिन रवीन्द्रले ८२ बलमै आफ्नो शतक पूरा गरे र सबैभन्दा कम बलमा विश्वकप शतक बनाउने किवी खेलाडीको कीर्तिमान आफ्नो नाम गराए। आफ्नो १२३ रनको अविजित पारीका क्रममा रवीन्द्रले केवल ९६ बलको मात्र सामना गरे भने ११ चौका र ५ छक्का प्रहार गरे।

    विश्वकपको पहिलो खेलमै बलियो प्रतिद्वन्द्वी विरुद्ध प्रभावशाली जीत हात पारेपछि न्युजिल्याण्डका लागि अगाडिको यात्रा केही सहज बन्न पुगेको छ भने पहिलो खेलमै पराजय भोगेको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डको अबको यात्रा केही कठिन बनेको छ। प्रतियोगिताको दोस्रो खेल आज शुक्रवार पाकिस्तान र न्युजिल्याण्डका बिच हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.