गजल कारागार नै सम्झिएको छु यो जिन्दगीलाई!
खै के सिकाउ अब यि कलिला सन्ततिलाई!
कहिँ देखिन दुनियाँमा, मान्छे भित्र मानवता!
लडदै भिडदै शिखरमा पुर्याउनु छ मुक्तिलाई!
खासमा सृष्टि कर्ताकै मेरुदण्ड भाचिएको रहेछ!
धर्म,संस्कारमा मलजल गर्दै छ यो कुरुतिलाई!
माफ गर्नु महोदय मैले हतियार उठाई सकेको छु!
बम,बारुदले उडाउने छु तिम्रो कुरुप नियतिलाई!
सदियौं देखि ब्यार्थै आँसु पिउदै बाचेछन पुर्खाहरु!
युगको प्रतिनिधित्व गर्दै तोडदै छु बिसंगतिलाई!
नाजायज प्रश्नको जवाफ जरुरत ठान्दिन अब!
बराबरीमा उठाउदै छु आकाश र यो सृष्टिलाई!







