• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कवि मीनबहादुर विष्टका चोटिला कविता ‘साला पहाडमें क्या है’ सार्वजनिक

"कवि मीनबहादुर विष्टका चोटिला कविता ‘साला पहाडमें क्या है’ सार्वजनिक  "

  •     अभियान हाम्रो/ मङ्गलबार, असोज १६, २०८०  

  • कवि मीनबहादुर विष्टका चोटिला कविताहरुको सङ्ग्रह ‘साला पहाडमें क्या है’ सार्वजनिक भएको छ । यसमा आधुनिक नेपाली समाजका विविध पाटोहरु झल्काउने ६४ कविताहरु समावेश गरिएका छन् ।

    यस कृतिले पछिल्लो ५० वर्षको समयावधिलाई प्रतिनिधित्व गर्छ । पश्चिम नेपालको प्युठानमा २०११ सालमा जन्मिएका कवि मीनबहादुर विष्टले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका छन् । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट शिक्षा नीति विषयमा विद्यावारिधि गरेका उनी लेखनका हकमा आलोचनात्मक चेतका कवि हुन् ।

    आफ्नै शैक्षिक र प्राज्ञिक व्यस्तताका कारण केही समय कवि–परिचयबाट टाढिएका विष्ट २०३६ सालको चर्चित ‘सडक कविता क्रान्ति’का एक सहभागी हुन् । कवि विष्टको लेखनीमा प्रायः देश बोलेको हुन्छ । जस्तो कि  ‘शब्दहरुको गोलाबारी बर्साए जस्तो गरी घरीघरी भनिएको छ यो देश नयाँ युगमा प्रवेश गरेको छ र म खोजिरहेछु नयाँ युगमा प्रवेश गरेको त्यो देश ।’ ‘कवि मीनबहादुर विष्टलाई जुन कुराले पोल्छ, जुन घटना वा अवस्थाले मनमा तरंग ल्याउँछ, तिनै उर्लिएका भावहरुले उनलाई कविता कोर्न बाध्य बनाउँछन्,’ शिक्षाविद् केदारभक्त माथेमा भन्छन्, ‘सामान्य संवाद र बोलीचालीको क्षणमा पनि सिंगो समाजलाई चित्रमा उतार्ने खालको शैलीले मीनबहादुरलाई अरुभन्दा अलग कवि पहिचानमा उभ्याएको छ ।’

    विष्टको यो कविता संग्रहमा ‘यसरी एउटा राष्ट्र बाँच्ने बहाना गर्छ’, ‘चुनावपछिको गाउँ’, ‘जर्साबको कुकुर’, ‘नागरिकता’, ‘एउटा अलपत्र देश’, ‘लासहरुको सगरमाथा’ लगायत अनेक कालजयी रचनाहरु समाविष्ट छन् । उनले लेखेका छन् ः ‘तिनीहरुले– हाम्रा देख्ने आँखा खोसे सुन्ने कान खोसे सोच्ने मस्तिष्क खोसे त्यसको बदला एउटा टोपी एउटा दौरा र एउटा सुरूवाल दिंदै भने— अब तिमीहरु नेपाली नागरिक हौ ।’ विष्टका थुप्रै कविताहरु देश–चिन्तामा केन्द्रित भएका देखिन्छन् ।

    तिनले आम मानिसका समस्याहरु झल्काएका हुन्छन् । समाजका विसंगतिहरुमाथि धावा बोलेको पाइन्छन् । गाउँहरु समेटिएका भेटिन्छन् । अनि जनतालाई बारम्बार झक्झक्याउन खोजेका हुन्छन् । सर्वत्र बेथिती फैलिंदा पनि कोही कतै नबोलिरहेको देख्दा विष्टको कवि–मनले यसरी कटाक्ष पोखोरहेको हुन्छ

    ‘भोक, रोग र पीडाका धेरै पुराना खटिराहरु पालेर भजन सुनिरहेका जनता बस्, भजनहरुको भोजन गर र भजनहरुको दोसल्ला ओढेर चुपचाप निदाऊ !’ कवि मीनबहादुर विष्टको कविता संग्रहबारे थप जानकारी लिनुपर्ने भएमा सम्पर्क गर्नुहोला । आवश्यक तस्बिरहरु यसैसाथ संलग्न छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.