• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गौतम बुद्ध विमानस्थलको जग्गा हत्याउन मालपोतदेखि भू–माफियासम्म सक्रिय

"तर विवादित ५ बिघाको मुआब्जा नदिने निर्णय "

  •    संवाददाता/ मङ्गलबार, असोज १६, २०८०  

  • भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवेसहितको विवादित करिब ५ बिघा जग्गाको मुआब्जा नदिने निर्णय गरिएको छ।

    जिल्ला मुआब्जा निर्धारण समितिको बसेको बैठकले विमानस्थलको रनवे तथा पर्खालभित्र रहेको विवादित जग्गाको मुआब्जा नदिने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले बताउनुभयो।

    भू–माफियाको योजनामा मालपोत कार्यालय रुपन्देहीका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहितको टिमले विमानस्थलभित्रको ४ बिघा १७ कठ्ठा ६ धुर जग्गा सिद्धार्थनगर ५ का पर्वतराज कान्त मिश्रको नाममा दर्ता गरेको थियो।

    मालपोत कार्यालयले हदबन्दीका कारण फिल्ड बुकमा भए पनि कसैको नाममा दर्ता नरहेको उक्त जग्गा २०८० वैशाख ८ गते मिश्राको नाममा दर्ता गरेको थियो।

    प्रमुख जिल्ला अधिकारी अर्यालले जग्गा दर्ता गर्ने सम्बन्धमा मालपोत कार्यालयले विधि, प्रक्रिया, क्षेत्राधिकार, ऐन र कानुनको ख्याल नै नगरी दर्ता गरिएको पाइएकाले मुआब्जा नदिने निर्णय गरिएको बताउनुभयो।

    सिद्धार्थनगर नगरपालिका–५ का मिश्रको नाममा मालपोतले जग्गा दर्ता गरिदिएपछि मिश्रले वैशाख २७ गते मुआब्जा माग गर्दै गौतम बुद्ध विमानस्थल आयोजना कार्यालयमा निवेदन दिनुभएको थियो। त्यसपछि घटना बाहिरिएको थियो।

    प्रमुख जिल्ला अधिकारी अर्यालको अध्यक्षतामा बसेको बैठकमा मालपोत अधिकृत ऋषिराम पौडेल, सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, विमानस्थल आयोजना प्रमुख ई. प्रवेश अधिकारी सहभागी रहनुभएको थियो।

    २०२१ सालमा भूमिसुधार ऐन लागू भएपछि तत्कालीन समयमा ७ नम्बर फाँटवारीमा सुर्जा मिश्राइनले ३० बिघा १४ कठ्ठा १४ धुर जग्गाको फाँटवारी भरेको देखिन्छ।

    यही फाँटवारीको अन्तिम महलमा हदबन्दीभन्दा बढी जग्गा भए राख्ने वा छाड्ने भन्नेमा करिब ४ बिघा जग्गा कालीजी (भगवान्) लाई दान गरेको हुँदा छाड्ने उल्लेख छ। ३० बिघामध्ये १३ बिघा १३ कठ्ठा ८ धुर मोहीमा परेको छ। त्यसमध्ये १० बिघा ६ कठ्ठा १९ धुर पर्वतराज कान्त मिश्रको नाममा गएको देखिन्छ। त्यसमध्ये ६ बिघा १ कठ्ठा ६ धुर जग्गा फिल्डबुकमा खाली रहेको छ।

    विमानस्थलभित्रको जग्गा व्यक्तिको नाममा दर्ता भएपछि चौतर्फी आलोचना भएको थियो। त्यसपछि जिल्ला प्रशाशन कार्यालयसहित सरोकारवाला पक्ष सबैले चासोका साथ अध्ययन तथा छलफल अगाडि बढाएका थिए।

    भू–माफिया गिरोहको योजनामा मालपोत कार्यालयलले सिद्धार्थनगर १० भुजौली ९ (ख) को कित्ता नम्बर ७, ३२, ६७, ६८, ९२, ९४ र ९ (क) को कित्ता नम्बर २९ लाई पर्वतराज कान्त मिश्रको नाममा दर्ता गरिदिएको जग्गाको मुआब्जा दिने आधार नदेखिएकाले नदिने निर्णय गरिएको प्रजिअ अर्यालले बताउनुभयो।

    कालीजीलाई दान गरेको भनिएको जग्गा व्यक्तिलाई दर्ता गरेको थाहा पाएपछि स्थानीयले विरोध जनाएका थिए। साथै, सार्वजनिकसरहको जग्गाको मुआब्जा रकम व्यक्तिलाई उपलब्ध नगराउन भन्दै सरोकारवाला सबैसँग डेलिगेसन समेत गएका थिए।

    विमानस्थल निर्माण सकिएर सञ्चालनमा आएको पनि डेढ वर्ष भइसकेको छ। तर, मिलेमतोमा अहिले आएर विमानस्थलको धावनमार्ग र पर्खालभित्रको जमिन व्यक्तिको नाममा दर्ता गरिएको हो। मिश्रको नाममा दर्ता भएको जमिनमा विमानस्थल आयोजनाले मुआब्जा दिएमा उहाँले करिब ९ करोड रुपैयाँ पाउनुहुनेछ। यही ९ करोड हत्याउन मालपोतदेखि भू–माफियासम्म सक्रिय भएको देखिन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.