सुन;कोसीको बाढीले बगाएर ल्याएको शव चि;नियाँ नागरिकको भएको खुलेको छ । इन्द्रा;वतीमा आएको बाढीले बगाएर बेपत्ता भएका चि;नियाँ नागरिकको शवको सनाखत भएको प्रह;रीले जनाएको छ ।

सुन;कोसी नदीमा बेवारिसे अवस्थामा फेला परेका शव निकाल्ने क्रममा पुगे प्रह;री ।
सिन्धुली प्रह;रीका डिएसपी मनोजकुमार लामाका अनुसार सुन;कोसी गाउँपालिका ५ मुल्कोट नजिक सुन;कोसी नदी किनारामा फेला परेको शव चीनको यिन;चुआन सहरकी ४८ वर्षीय युटि;जुको हो ।चि;निया परिचयपत्रका आधारमा शव पहिचान गरिएको छ । शवको पहिचानपछि उसको आफन्तलाई जिम्मा लगाइएको डिएसपी लामाले बताए ।
मृतक युटिजु सिन्धु;पाल्चोकको मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिइन् । युटिजु मंगलबार रातिबाट बाढीमा परी बेपत्ता भएकी थिइन् । सुन;कोसी नदीमा बेवारिसे अवस्थामा फेला परेका अझै दुइटा शवको सनाखत हुन सकेको छैन । सुन;कोसी –६ कानढुंग्री र फिक्कल गाउँपालिका–६ रत्नावतीमा फेला परेको पुरुषको शवको पहिचान गराउने प्रयास भैरहेको समेत डिएसपी लामाले बताए ।
मंगलबार राति इन्द्रावतीमा आएको बाढीमा तीन चि;नियाँ र तीन भारतीय नागरिक बेपत्ता भएको सिन्धु;पाल्चोक प्रहरीले जनाएको छ ।
साभार कान्तिपुर न्युज